मंगलवार, 28 फ़रवरी 2017

कारिकोट गाबिसले ३५ औं मगर दिवस भब्यताको साथ मनायो

कारिकोट फाल्गुन १७ - स्यांग्जा जिल्लाको पश्चिममा अवस्थित कारीकोट चण्डी भन्ज्यांग गाविसका मगरहरुले पनि राष्ट्रिय लोक तथा दोहारी गायिका बसन्ती थापा मगरको साथमा भब्यताको साथमा आफ्नो ३५ औं नेपाल मगर संघ को स्थापना दिवस मनायको छ कार्यक्रममा नेपाल मगर संघ स्याङ्जाका सल्लाहकार बम लामिछाने जी प्रमुख अतिथी रहनु भएको थियो सभाध्यक्षमा नेपाल मगर संघ कारिकोट च भ का अध्यक्ष श्री काशिराम झेडी साथै बिषेश अतिथीमा कृष्ण लामिछाने गाबिस सचिव नेत्र पाण्डेय लगायत अन्य अतिथिहरुको सहभागिता रहेको थियो कार्यक्रमलाई स्थानीय कलाकारहरुको नाच साथै गायनले अझ मनमोहक बनाएको थियो

सरकारलाई आयो डरलाग्दो चेतावनी, संशोधन बिना चुनावमा गए परिणाम भयानक

काठमाडौं १७, फागुन । नागरिक समाजका अगुवाहरुले संविधान संशोधन नगरी चुनावमा गए रक्तपात हुने सरकारलाई धम्की दिएका छन् । नागरिक अगुवा डा. सुन्दरमणि दीक्षितले संविधान संशोधन नगरी चुनावमा नजान नेताहरुलाई कडा शब्दमा चेतावनी दिएका छन् । 
डा. दीक्षितले भने,– ‘संविधान संशोधन पनि नगर्ने, चुनावमा पनि जाने भनिँदैछ । गएर हेर्नुहोस् त । गएर हेर्नुहोस् मात्रै । यो म नेताहरुलाई चेतावनी गर्छु (बी केयरफूल ! यो मुलुकलाई बचाउनु छ भने यस्तो मुख्र्याइँ चाहिँ नगर्नोस् । संविधान संशोधन नगरिकन अगाडि जानुभयो भनेदेखि खतरा छ । भयंकर खतरा छ । साहै्र ठूलो खतरा आउन सक्छ । त्यसैले खबरदार !’ मंगलबार नयाँ बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा नयाँशक्ति पार्टीले आयोजना गरेको कार्यक्रममा डा. दीक्षितले संविधानलाई सर्वस्वीकार्य बनाउन र चुनाव सफल बनाउन संविधान संशोधनको विकल्प नभएको ठोकुवा गरे । कार्यक्रममा बोल्दै लिम्बुवान नेता कुमार लिङदेनले पनि त्यस्तै चेतावनी दिएका छन् । उनले भने, ‘पेल्ने त पेल्ने नै होला, तर पनि केही त हुन्छ । जति सजिलो गरी पेलेर जान खोज्दै हुनुहुन्छ, त्यति सजिलो छ जस्तो लाग्दैन ।’दीक्षित र लिम्बुलेजस्तै चेतावनी अर्का नागरिक अगुवा विजयकान्त कर्णले पनि दिए ।

गुरुवार, 9 फ़रवरी 2017

पत्रकार ढेंगाको ‘वाँच र वाँच्न देउ’ विमोचन

कमल चौधरी बुटवल माघ २७ - पत्रकार लोकनेश ढेंगा मगरको नयाँ पुस्तक ‘बाँच र वाँच्न देउ’ शुक्रबार एक कार्यक्रमका बीच बुटवलमा विमोचन भएको छ ।
Image may contain: 5 peopleविगत २५ बर्ष देखि निरन्तर रुपमा उत्पीडित आदिवासी जनजाति, महिला, मधेसी समुदायको हक अधिकारका विषयमा कलम चलाउदै आउनुभएका पत्रकार ढेंगाको चौथों पुस्तकको रुपमा ‘बाँच र वाँच्न देउ’ विमोचन भएको हो । पुस्तकलाई आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष जगत वरामले विमोचन गर्दै यस पुस्तकले आदिवासी जनजाति समुदायको हक, अधिकार र पहिचानको मुद्दालाई बुलन्द गरेको बताउँनुभयो ।
उहाँले पुस्तकले राष्ट्रियताको लागी महात्वपूर्ण भुमिका खेलेको भन्दै सम्पूर्ण नेपालीलाई जोड्ने काम गरेको बताउनुभयो । त्यस्तै न्युनतम परिश्रमीकका केन्द्रीय सदस्य दिपक ज्ञावाली र पत्रकार गिरी श्रीसले पुस्तकको संक्षिप्त चर्चा गर्नुभएको थियो ।

विवाह गर्न २० वर्ष पुग्नैपर्ने, सम्बन्धविच्छेदमा महिला र पुरुषलाई समान व्यवस्था

२७ माघ, काठमाडौं । संसद्को विधायन समितिले मुलुकी ऐन प्रतिस्थापन विधेयकमध्ये देवानीसंहिता पारित गरेको छ ।  ‘मुलुकी देवानी संहिता २०७३’ नाम रहने गरी समितिले विधेयक पारित गरेको हो ।  संहिताले पारिवारिक कानुनमा सम्पत्ति, विवाह, सम्बन्धविच्छेदलगायत विषयका कानुन समेटेको छ ।
समितिबाट पारित विधेयकमा मौजुदा पारिवारिक कानुनमा रहेको विवाहका लागि न्यूनतम उमेरको हद बढाइएको छ ।  विवाहको उमेरलाई २० वर्ष राखीएकाे छ । संहिताको व्यवस्था पारित भएमा विधेयक प्रमाणीकरणको १८ वर्षपछि पैत्रिक सम्पत्तिमा सन्ततिको निरपेक्ष हक कायम रहनेछैन ।  सम्पत्तिको मालिकले आफ्नो सम्पत्ति इच्छा गरेको व्यक्तिलाई दिन सक्नेछ ।  सम्पत्तिमा इच्छापत्र नेपालको कानुन प्रणालीमा नयाँ व्यवस्था हो ।
समितिबाट पारित संहिताले सम्बन्ध विच्छेदमा महिला र पुरुष दुवैका लागि समान व्यवस्थाका लागि पुरुषले पनि जिल्ला अदालतबाट सम्बन्धविच्छेद प्रक्रिया सुरु गर्नुपर्ने व्यवस्था गरेको छ ।  धर्मपुत्र सम्बन्धमा संहिताले विस्तृत व्यवस्था गरेको छ । विवाह भएको १० वर्षसम्म पनि छोरा वा छोरी नहुने दम्पती, पैँतालीस वर्ष उमेर पूरा भएकी अविवाहिता, विधवा, सम्बन्धविच्छेद गरी बसेका छोरा वा छोरी नहुने महिलाले धर्मपुत्र राख्न पाउने व्यवस्था संहिताले गरेको छ ।

बुधवार, 8 फ़रवरी 2017

आईजीपी बढुवा: देउवा र निधिबीच चर्को विवाद

कुल चन्द्र न्यौपाने, काठमान्दु, माघ २६ - कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधिबीच प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने विषयलाई लिएर चर्को विवाद भएको छ । स्रोतका अनुसार सभापति देउवा तेस्रो बरीयातमा रहेका प्रहरी नायव महानिरीक्षक (डीआइजी)जयबहादुर चन्दलाई आईजीपी बनाउने कसरतमा छनभने गृहमन्त्री निधि डीआइजी नवराज सिलवालको पक्षमा छन् ।
कांग्रेस संसदीय दलमा केही दिनअघि आईजीपी कसलाई बनाउने भन्ने विषयमा पार्टी पदाधिकारी र गुहमन्त्रीबीच बैठक समेत भएको थियो । बैठकमा देउवा र निधिबीच चर्काचर्कीसमेत भएको स्रोतले जनायो । देउवाले सुदूरपश्चिमका चन्दलाई बनाउन बारम्बार दवाव दिएपछि गृहमन्त्री निधिले सरकारको कामकारवाहीमा हस्तक्षेप नगर्न आग्रह गर्दै आएका छन् । तर, देउवाले चन्दलाई आईजीपी नबनाउने होभने पद छाड्न भन्दै निधिलाई दवाव दिँदै आएको स्रोतले बतायो ।

जनजाति प्रतिष्ठान खारेज नहुने

इसमता संवाददाता
काठमाडौं, माघ २५ । नयाँ संवैधानिक व्यवस्थाले जनजाति आन्दोलनको बलमा स्थापना भएको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान विघटन हुने हो कि भन्ने आशंका बढिरहेका अवस्थामा संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले प्रतिष्ठान विघटन हुने सम्भवाना नभएको बताए ।
मंगलबार प्रतिष्ठानको १५औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै मन्त्रीले भने, “मन्त्रालयबाट प्रतिष्ठान खारेजीको कुनै प्रस्ताव लगेको छैन र यतिकै कुनै प्रतिष्ठान विधटन हुने सम्भावना पनि छैन ।”
उनले प्रधानमन्त्रीको कार्यालयबाट माघ १५ गतेसम्ममा मन्त्रालयअन्तर्गतका प्रतिष्ठान, विकास समितिजस्ता निकाय तथा त्यहाँका कर्मचारी इत्यादि विषयमा जानकारी अद्यावधिक गर्नका लागि माग आएको बताउँदै यति हुँदैमा ऐनबाटै स्थापना गरिएको प्रतिष्ठान त्यति सजिलै विघटन नहुने विश्वस्त पारे । यसका साथै अब देश संघीयतामा गइसकेकोले प्रतिष्ठानको काम कारवाही अब प्रदेश र स्थानीय तहसम्म लगेर कसरी यसलाई ब्यापक बनाउने भन्ने बारे चिन्तन गर्न पनि आग्रह गरे ।

मंगलवार, 7 फ़रवरी 2017

जीप दुर्घटनामा ४ को मृत्यु

कपिल ज्ञवाली/बुटवल,माघ २५ पाल्पाको श्रीडांडाबाट बुटवल आउदैगरेको जीप पाल्पाको दोभान ४ झुम्सा मा दुर्घटना हुंदा ४ जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् ।
लु१ज २६८९ नम्बरको जीप बिहेमा गएर बाजाबजाउने समूहलाइ बोकेर बुटवल आउदै थियो ।जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ । गएराती ११ बजेको समयमा दुर्घटना भएको हो । दुर्घटनामा परि पाल्पा दोभान २ देउरालीका ४९ बर्षिय हरिप्रसाद राना,सोहि स्थानकै ३० बर्षिय मिनप्रसाद थापा,४१ बर्षिय जस्मिर वातबर र ३६ बर्षिय यमबहादुर राना रहेको जिल्ला प्रहरी कर्यालय पाल्पाले अनलाइनखबरलाइ बताएको छ । मृत्यु हुने सबै एउटै गाउ र एउटै गाबिसका हुन् । उनीहरु सबैको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । घाइते १५ जनाको बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।

रविवार, 5 फ़रवरी 2017

३४ किलो सुनकाण्डमा एसएसपी श्याम खत्री पक्राउ

२३ माघ, काठमाडौं । दुबईबाट आएको ३४ किलो सुन काण्डमा एसएसपी श्याम खत्री पक्राउ परेका छन् । खत्रीलाई प्रहरीको केन्द्रीय अनुसन्धान विभाग सिआईबीको टोलीले आइतबार प्रहरी प्रधान कार्यालयबाटै पक्राउ गरेको हो ।सुनकाण्डमा मुछिएपछि खत्रीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरी प्रधान कार्यालय नक्शालमा सरुवा गरिएको थियो । विमानस्थलमा ३४ किलो सुनकाण्डपछि कर्मचारीहरु छानविनको दायरामा आउने क्रमसँगै एसएसपी खत्रीलाई पनि त्यहाँबाट फिर्ता बोलाइएको थियो । सुनको मालिक खोज्ने क्रममा प्रहरीले एयरपोर्ट भन्सारका केही कर्मचारीहरुलाई पनि पक्रेको छ ।

राष्ट्रिय जनमुक्ति पार्टी मगरात राज्य परिषदको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पुन: मास्की मगर !

पर्बत, माघ २३ - राष्ट्रिय जनमुक्ति पार्टी मगरात राज्य परिषदको दोष्रो अधिवेसन पर्बतको सदरमुकाम कुस्मामा सम्पन्न भयो ।
Image may contain: 12 people, people standing and outdoorअधिवेसनले अध्यक्षमा पुन: ईनद्र बहादुर मास्की मगरलाई निर्बाचीत गरेको छ । उपाध्यक्षद्वय तुल बहादुर सुनारी मगर,मिना थापा मगर, सचिबमा टक बहादुर बिरकट्टा, सह सचिबमा प्रज्ञा शागर शाक्य , कोषाध्यक्षमा चेत बहादुर सारू , सह कोषाध्यक्षमा बिष्णु माया थापालाई निर्बाचीत गरेको छ ।
अधिवेसनले मगरात राज्यपरिषदको सदस्यहरू प्रतेक जिल्ला भेलाबाट एक एक जना प्रतिनिधित्व हुने गरि १८ जना परिषद सदस्यहरू चयन गरेकोछ । पर्बत जिल्लाले जुझारू स्थानीय नेता शरिना पुन मगरलाई परिषद सदस्यमा पठाएको छ ।

शनिवार, 4 फ़रवरी 2017

पहिचानसहितको संघीयताका लागि संविधान संशोधन जरुरी : तामाङ !

रुद्र श्रीस लेखनाथ, माघ १९ - नेपाल तामाङ घेदुङ चार नम्बर प्रदेशका अध्यक्ष दीपक वाइबा तामाङले पहिचानसहितको संघीयताका लागि संविधान संशोधन अनिवार्य भएको बताउनुभएको छ।
बुधबार नेपाल तामाङ घेदुङ छारग्याम तामाङ एकाइ समिति, भण्डारढिक, नयाँबस्ती, लेखनाथको २८५३ औं सोनाम ल्होछारकाका अवसरमा आयोजित सामूहिक भोज, विविध सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदानमा बोल्दै तामाङले यस्तो बताउनुभएको हो । सोनाम ल्होछारको तामाङ जातिसँग सांस्कृतिक र धार्मिक रूपमा निकै महत्वपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै अध्यक्ष तामाङले सुकुम्बासीका समस्या समाधानका लागि समेत सरकारलाई गम्भीर हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा लेखनाथ नगरपालिका वडा नं. १ का वडा नागरिक मञ्चका संयोजक मनदेवी गुरुङ, नयाँबस्ती, भण्डारढिकका अध्यक्ष बलबहादुर गुरुङ, नयाँबस्ती तमु समाजका अध्यक्ष सीता गुरुङ, प्रेमप्रसाद बाँस्तोला, लोकबहादुर पुन, दिलबहादुर गुरुङलगायतले सोनाम ल्होछारको शुभकामना व्यक्त गर्नुभएको थियो । सो अवसरमा बाँदर वर्गको बिदाइ गरी चरा वर्गको स्वागतमा पूजा आराधना समेत गरिएको थियो ।
नेपाल तामाङ घेदुङ छारग्याम एकाइ समिति, नयाँबस्ती, भण्डारढिकका अध्यक्ष सोमप्रसाद तामाङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बिन्ती तामाङले गर्नुभएको थियो ।

बुधवार, 27 जुलाई 2016

अफगानिस्तानमा विदेशीले भने, ‘गोर्खा नभए आनन्दले निन्द्रा लाग्दैन’

असार ६ गते तालिवानको आक्रमणमा काबुलस्थित क्यानडेली दूतावासको सुरक्षामा खटिएका १३ नेपालीको ज्यान गएको थियो । यसपछिको अवस्थाबारे बुझ्न श्रमको टोली काबुल पुगेको हो । क्यानडेली दूतावासले नेपालीहरूको बसोबास र आवतजावतमा गरेको हेलचेक्र्याइँले गोर्खाको मनोबलमा असर परेको भन्दै त्यसमा सुधार गर्न तयार रहेको उनीहरूले बताएका हुन् ।
अफगानिस्तानका लागि क्यानडाका राजदूत डेवोरा ल्योन्सले त्यो घटनाले आफूहरू विचलित भएको भन्दै सबै क्षेत्रको सुधारमा लागेको बताएका थिए । नेपालीहरूले पाउने क्षतिपूर्ति र अरू सुविधाबारे पनि छलफल भइरहेको उनले टोलीलाई बताएका थिए । तर, काबुलमा मारिएका १३ नेपालीलाई क्षतिपूर्ति दिने विषयमा भने क्यानडा अहिलेसम्म मौन छ ।

बागलुङको पहिरोमा मृतकको संख्या ६ पुग्यो

बाघलुंग, श्रावण १२ - अविरल बर्षाले छुट्टाछुट्टै स्थानमा मंगलबार घर भत्किदाँ पुरिएर मृत्यु हुनेको संख्या ६ पुगेको छ । एकै घरका ३ जना सहित ६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा दर्लिङ ३ की ४१ बर्षीया देवी बुढामगर, उनकी छोरी १८ वर्षीया यमुना र ९ वर्षीया छोरा सन्दिप रहेका छन् । त्यसै गरी दर्लिङ ९ का ७८ वर्षीया डेकबहादुर पुनमगर, राजकुत ७ की ८ वर्षीया बालिका दुजी तामाङ र उनकी दिदी पर्ने २२ वर्षीया डिकी तामाङको मृत्यु भएको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए । अन्यको मंगलबार नै र देवी र उनका छोरा सन्दिपको बुधबार शव फेला परेको उनले बताए ।
मृतक बालिकाकी आमा सुशिला पहिरोले च्यापिएर गम्भिर घाइते छिन् । ८ महिनाको गर्भवती समेत रहेकी घाईते सुशिलाको बुर्तिबाङ प्राथमिक उपचार केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारको लागि सेनाको हेलिकप्टरबाट बुधबार शिक्षण अस्पताल काठमाडौं पठाईएको प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताए ।
पहिरोले मध्य पहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्व गरेपछि पहिरो प्रभावित क्षेत्रहरु दर्लिङ, राजकुत, अधिकारी चौर, बुर्तिबाङ, भिमगोठे र ग्वालीचौर लगायतका पहिरो पिडित संकटमा रहेको प्रजिअ पाण्डेले बताए । तत्कालको लागि बुधबार सेनाको हेलिकप्टरमार्फत ५४ थान त्रिपाल, ४ बोरा चाउचाउ, चिउरा र विस्कुट लगायतको खाद्यान्न पठाएर उद्वार गरिएको प्रजिअ पाण्डेले जानकारी दिए ।

पाल्पामा पहिरोले घर पुरिदा एकै घरका ३ सहित चार जनाको मृत्यु

पाल्पा, श्रावण १२ -अबिरल बर्षा संगै पहिरोले घर पुरिदा पाल्पामा एकै घरका तीन सहित ४ जनाको ज्यान गएको छ । पुर्बी पाल्पाको गोठाडी ५ हात्तीलुङ्ग निरको डमारमा ताम बहादुर कनौजे मगरको घर पहिरोेले पुरिदा ४५ बर्षिय ताम बहादुर , उनका श्रीमती खगीसरा र १० बर्षिया छोरी यसोधाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
यस्तै मंगलबार बिहानै दोभान ५ झुम्सामा  पहिरोले ७ घर पुरिदा तिलोत्तमा उच्च माबिको कक्षा ९ मा पढ्ने अस्मिता बिकको ज्यान गएको हो ।  घर भित्रै पुरिएको अवस्थामा अस्मिताको शब स्थानियको सहयोगमा प्रहरीले निकालेको दोभान प्रहरी चौकीले जानकारी दिएको छ । दलित बस्ती रहेको पानीमिल क्षेत्रमा बिहान पौने ५ बजे नै पहिरो आएपछि भागदौड मच्चिएको थियो । अन्य मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।  पहिरोले झण्डै शय मिटर जति बाटो ढुंगा र माटोले पुरिएपछि सिद्धार्थ राजमार्गको बुटवल पाल्पाको बाटो अवरुद्ध भएको छ । स्थानिय र प्रहरीले पुरिएका घरका सरसामान निकाल्ने प्रयास गरिरहेका छन् ।