वासिङ्टन (एजेन्सीहरू), जेष्ठ ८ - अमेरिकाको ओक्लाहोमा सहरमा सोमबार आएको टोर्नाडो हुरीबाट जनजीवन अस्तव्यस्त भएको छ । अहिलेसम्म ९ बालबालिकासहित कम्तीमा २४ जनाको मृत्युको पुष्टि भएको अधिकारीहरूले जनाएका छन् ।
दुई दर्जन बालबालिकासहित थुप्रै हराइरहेका छन् । करिब १ सय ४५ घाइतेलाई अस्पताल भर्ना गरिएको छ । सयौं घरका छाना उडाएको छ । दुई विद्यालयमा व्यापक क्षति पुगेको छ । ओक्लोहामाका गभर्नर म्यारी फालिनले पत्रकार सम्मेलन गरी आँधीले सहरमा अपूरणीय क्षति पुर्याएको जानकारी दिए । ओक्लोहामाको दक्षिणतर्फका बासी मुरे समुदायलाई यसले निकै प्रभावित पारेको छ । उद्धारकर्ताले मुरे क्षेत्रमा घर, विद्यालय र अस्पतालको भग्नावशेषमा जीवितको सोमबार रातिदेखि खोजी गरिरहेका छन् । मुरे समुदायका बालबालिकालाई विद्यालयबाटै हावाले उडाएको बताइएको छ । उक्त क्षेत्रमा विद्यालय गएका बालबालिका र अभिभावकको गुहारले गुन्जिएको थियो । अझैं बिजुली चम्कन र हुरी चल्न छाडेको छैन ।
खोजतलास र उद्धार कार्यका लागि ओक्लाहामाका २ सयभन्दा बढी राष्ट्रिय सुरक्षागार्ड र अन्य राज्यका अधिकारीहरूलाई परिचालन गरिएको छ । राष्ट्रपति बाराक ओबामाले यसलाई ठूलो विपत्तिको संज्ञा दिँदै संघीय राज्यहरूलाई हातेमालो गर्न निर्देशन दिएका छन् । ५५ हजार जनसंख्या भएको मुरेमा हुरीले सोमबार झन्डै ४५ मिनेटसम्म विध्वंस मच्चाएको थियो । यो कठिन घडीमा पूरा मुलुक मुरेबासीको साथमा रहेको उनले बताए ।

दुबै दलका
नेताहरुले बाधा अड्काउ फुकाउ आदेशमा असर नपर्ने गरी –माओवादी र यादव नेतृत्वको
मोर्चालाई संयन्त्रमा ल्याउन प्रयास गर्ने वताएका छन् ।






घटनास्थलमा जिल्लाका सबै दलका नेता
तथा कार्यकर्ता पुगेका छन् । हत्याराको पहिचान हुन सकेको छैन । हत्याराको खोजीका
लागि प्रहरी परिचालन गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले
जानकारी दिए । धारिलो हतियार प्रयोग गरी हकको घाँटी रेटेर गएराति हत्या गरिएको हो ।
हत्याराहरु फरार छन् । सप्तरीको कल्याणपुर–२ स्थित बिसनपुर चौकमा रहेको
पेट्रोलपम्पमा रहेको भवनको माथिल्लो तल्लामा सुतिरहेको अवस्थामा हकको हत्या भएको हो
। एक्लै सुतेका मियाँको हत्या भएको विहान साढे ८ बजे थाहा पाएपछि परिवारका सदस्यले
प्रहरीलाई खबर गरेका थिए । कल्याणपुर निवासी मिया २०६४ सालको संविधानसभा
चुनावमा सप्तरी क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उमेदवारका रुपमा विजयी भएका थिए ।
राजनीतिक वा व्यवसायीक रिसईबीले हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान
छ । सप्तरीको कल्याणपुरमा हकको इट्टाभट्टा उद्योग र पेट्रोलपम्प व्यवसाय छ ।