मंगलवार, 21 मई 2013

‘युवा शक्तिको पहिचान हुनुपर्ने’

‘युवा शक्तिको पहिचान हुनुपर्ने’काठमाडौं, जेष्ठ ७ । युवा तथा खेलकुदमन्त्री रामकुमार श्रेष्ठले राजनीतिक दलहरुबीच सहमति नभएपनि सरकार छिट्टै निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको बताएका छन् । मन्त्री श्रेष्ठले कुनै दलको असहमति र अड्चनले सरकार आफ्नो जिम्मेवारीबाट पछि नहट्ने बताए  । 
युवा तथा खेलकुद मन्त्रालयले काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले युवा परिवर्तनको संवाहक भएपनि व्यवहारमुखी शिक्षाको अभावले मुलुकमा बेरोजगारी बढेको बताए । कार्यक्रमका सहभागीले युवा शक्तिको पहिचान नभएसम्म मुलुक अघि बढ्न नसक्ने बताए । उनीहरुले वर्षेनी हजारौ युवा कामको खोजीमा विदेशिनु मुलुकका लागि घातक हुनसक्ने चेतावनी दिए ।

कोई टिप्पणी नहीं: