मंगलवार, 21 मई 2013

पूर्व सभाषद हत्याका कारण सप्तरी तनावपूर्ण

सडक अवरुद्ध, गाडी तोडफोड
 सप्तारी, जेष्ठ ७ । सप्तरी क्षेत्र नं ५ का पूर्व सभासद् मोहम्मद सदरुल मियाँ हकको आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराति विभत्स हत्या गरिएपछि त्यसक्षेत्रमा तनाव उत्पन्न भएको छ । शोकाकूल कल्याणपुर क्षेत्रको विसनपुर सडकखण्ड आक्रोशित स्थानीयले अवरुद्ध पारेका छन् । घटनास्थलमा प्रहरी ढिलो पुगेको भन्दै प्रहरीको गाडी तोडफोड गरिएको छ ।
पूर्व सभाषद हत्याका कारण सप्तरी तनावपूर्णघटनास्थलमा जिल्लाका सबै दलका नेता तथा कार्यकर्ता पुगेका छन् । हत्याराको पहिचान हुन सकेको छैन । हत्याराको खोजीका लागि प्रहरी परिचालन गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले जानकारी दिए । धारिलो हतियार प्रयोग गरी हकको घाँटी रेटेर गएराति हत्या गरिएको हो । हत्याराहरु फरार छन् । सप्तरीको कल्याणपुर–२ स्थित बिसनपुर चौकमा रहेको पेट्रोलपम्पमा रहेको भवनको माथिल्लो तल्लामा सुतिरहेको अवस्थामा हकको हत्या भएको हो । एक्लै सुतेका मियाँको हत्या भएको विहान साढे ८ बजे थाहा पाएपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए । कल्याणपुर निवासी मिया २०६४ सालको संविधानसभा चुनावमा सप्तरी क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उमेदवारका रुपमा विजयी भएका थिए । राजनीतिक वा व्यवसायीक रिसईबीले हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । सप्तरीको कल्याणपुरमा हकको इट्टाभट्टा उद्योग र पेट्रोलपम्प व्यवसाय छ ।

कोई टिप्पणी नहीं: