बुधवार, 22 मई 2013

धरानका पूर्व मेयर एमाले छाडेर संघीय समाजवादी पार्टीमा

धरान ८ जेठ — एमाले नेता एवं धरानका पूर्वमेयर ध्यानबहादुर राई एमाले त्यागेर संघीय समाजवादी पार्टीमा प्रवेश गरेका छन्। समाजवादी पार्टीको बुधबार धरानमा आयोजित सुनसरी १ नम्बर क्षेत्रीय प्रथम भेलामा सहभागी हुँदै उनले समाजवादीमा प्रवेश गरेको औपचारिकरुपमा घोषणा गरेका हुन्।


भेलालाई सम्बोधन गर्दै उनले जेठ १४ पछि नै मनबाट एमाले छोडेपनि हालसम्म पार्टीमा राजिनामा भने नदिएको बताए। 'एमाले पार्टीलाई त जेठ १४ पछि नै मैले मनैबाट छोडिसकेको हुँ, अब भने शरीर मात्रै राख्न हुँदैन प्रष्ट हुनुपर्छ भनेर सार्वजनिक भएको हुँ'–पूर्वमेयर राईले भने। समाजवादी पार्टीले केन्द्रीय निर्वाचन आयोगमा सदस्यमा मनोनित गरे पनि उनी हालसम्म खुलेका थिएनन्। बुधबार भने उनी समाजवादीको कार्यक्रममा सहभागी हुदै आफू एमालेमा नरहेको सार्वजनिक रुपमै सुनाए। एमालेमा औपचारिकरुपमा राजिनामा नदिएका उनी हाल सो पार्टीको संघीय मामिला विभाग सदस्य र निर्वाचन कमिटिको सदस्यमा छन्। ०३५, ०३६ सालको विद्यार्थी आन्दोलनबाट अखिलको राजनीतिमा लागेका राई धरानमा लोकप्रिय नेता मानिन्छन्। ०५९ सालको स्थानीय निर्वाचनमा एमालेतर्फबाट जित हासिल गर्दै उनी मेयर भएका थिए। उनको समाजवादीमा प्रवेश हुनुले धरानमा एमालेलाई प्रभावित पार्ने अनुमान गरिएको छ। 

कोई टिप्पणी नहीं: