काठमाडौं । पैसाको मोहले मानिस पशुको व्यबहार गर्न
पनि पछि परेको हुँदैन, मानिसहरु जे गर्न पनि तयार रहेका हुन्छन् भन्ने कुरा
काभ्रेको होक्से गाउँले पुष्टी गरेको छ । हो होक्से अर्थात ‘किड्नी बैंक
।’
यो गाउँमा मृगौला ब्यापार अहिले सुरु भएको होइन, सुन्दा पनि अचम्म लाग्ने २२ बर्ष देखि यो ठाउँमा मृगौलाको तस्करी हुँदै आएको छ । तैपनी यहाँको प्रशासन एकदमै मौन रहेको थियो । तर, अहिले आएर प्रहरी प्रशासनको नजरमा यो कार्य अपराधमा पर्न थाल्यो र प्रहरीले मृगौला तस्करीमा संलग्न रहेका १० जनालाई यही बैशाख २८ गते खोरमा हाल्यो ।
पक्राउ पर्नेमा नुवाकोट मादनपुर १ की मिना दर्जी र कृष्णबहादुर दर्जी, ललितपुर २१ का सचिन महर्जन, ललितपुर ११ का सानुलाल महर्जन, तनहु मिर्लुङका कुमार अधिकारी, काभ्रेको काभ्रे गाविस ४ का सुमन श्रेष्ठ, पाँचखाल ६ का राजन दर्जी , प्रम बजागाँई र काठमाण्डौँ ८ का विनोद ढकाल रहेका छन् ।
यी मध्ये प्रेम बजगाँई होक्सेमा मृगौला तस्करीको शुरुवात गर्ने मानिस भएको प्रहरीको भनाई रहेको छ । उनी २०५० सालदेखि नै मृगौला तस्करीमा संलग्न हुँदै आएका थिए । २०६९ चैत २५ गते पक्राउ परेका उनि पुर्पक्षका लागि थुनामा छन् । उनीसँगै पक्राउ परेका पनौती ९ का मनोज राउत भने ३५ हजार धरौटी तिरेर रिहा भइसकेको छन् ।
तस्करीको लागि सचिनले ग्राहक खोजिदिने, सानुलाल र कुमार अधिकारीले
नक्कली कागजपत्र बनाउने काम गर्ने गरेका थिए । प्रहरीले उनीहरुको साथबाट नक्कली
कागजपत्र समेत बरामद गरेको छ ।यो गाउँमा मृगौला ब्यापार अहिले सुरु भएको होइन, सुन्दा पनि अचम्म लाग्ने २२ बर्ष देखि यो ठाउँमा मृगौलाको तस्करी हुँदै आएको छ । तैपनी यहाँको प्रशासन एकदमै मौन रहेको थियो । तर, अहिले आएर प्रहरी प्रशासनको नजरमा यो कार्य अपराधमा पर्न थाल्यो र प्रहरीले मृगौला तस्करीमा संलग्न रहेका १० जनालाई यही बैशाख २८ गते खोरमा हाल्यो ।
पक्राउ पर्नेमा नुवाकोट मादनपुर १ की मिना दर्जी र कृष्णबहादुर दर्जी, ललितपुर २१ का सचिन महर्जन, ललितपुर ११ का सानुलाल महर्जन, तनहु मिर्लुङका कुमार अधिकारी, काभ्रेको काभ्रे गाविस ४ का सुमन श्रेष्ठ, पाँचखाल ६ का राजन दर्जी , प्रम बजागाँई र काठमाण्डौँ ८ का विनोद ढकाल रहेका छन् ।
यी मध्ये प्रेम बजगाँई होक्सेमा मृगौला तस्करीको शुरुवात गर्ने मानिस भएको प्रहरीको भनाई रहेको छ । उनी २०५० सालदेखि नै मृगौला तस्करीमा संलग्न हुँदै आएका थिए । २०६९ चैत २५ गते पक्राउ परेका उनि पुर्पक्षका लागि थुनामा छन् । उनीसँगै पक्राउ परेका पनौती ९ का मनोज राउत भने ३५ हजार धरौटी तिरेर रिहा भइसकेको छन् ।
प्रहरी नायव निरिक्षक दीपेन्द्र चन्दको नेतृत्वमा प्रहरी सहायक निरीक्षक होमनाथ भट्टराई, प्रहरी हवल्दार ठुलोबाबु खड्का र प्रहरी जवान शंकर कँडेलको अनुसन्धान टोलीले उनिहरुलाई विभिन्न ठाउँबाट पक्राउ गर्न सफल भएको हो । अन्य संलग्नहरुको अनुसन्धान र पहिचान जारी रहेको प्रहरीले बताएको छ ।
यिनीहरुलाई मानव बेचविखन तथा ओसारपसार ऐन अन्तर्गत मुद्दा चलाईएको छ । करिव २० बर्षदेखि काभ्रेको होक्से तथा आसपासका पाँचखाल, वालुवा, ज्याम्दी, जैसीथोक, खरेलथोक, कोशीदेखा, साठीघर भगवती गाविसका साथै छिमेकी जिल्ला सिन्धुपाल्चोकमा समेत गरी १ सय ५० भन्दा बढीले गैरकानूनी रुपमा मृगौला बेचिसकेका छन् ।
यसअघि प्रशासनले मृगौला बेचविखन विरुद्ध उजुरी नआएको भन्दै कुनै कारबाही अगाडि बढाउन सकेको थिएन । तर, अहिले मृगौला बेचबिखनका उजुरी र कारबाहीमा सक्रियता बढेको छ ।
आफ्नो महत्वपूर्ण अंग सस्तैमा बेचिदिनेहरु पक्राउ परिरहँदा मृगौला बेचिएकाहरु भने महँगो स्वास्थ्य उपचार गर्दै ओछ्यानमा थला परेका छन् । गर्जो टार्न जोखिम मोलिएपनि उनीहरुको जीवनस्तरमा कुनै परिवर्तन र खुसी आएन । तर, फाईदा मात्रै भयो यी तस्करी गर्नेहरुलाई ।
निमुखा जनता जो पीडा टार्न मृगौला सम्म बेच्न तयार रहेपनि बिहान बेलुका हात मुख जोर्न हात थाप्न बाध्य छन् । अझै पनि होक्सेलाई बदनाम हुनबाट जोगाउने हो भने मृगौला ब्यापार रोक्नु पर्छ । मृगौलाको ब्यापार रोक्नका लागि जनचेतनाको साथै जीवनस्तर उठाउन जरुरी छ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें