प्रदिप कोइराला/श्रीकृष्ण सिग्देल। स्याङजा, ८ जेठ। कृत्रिम र्गभाधानबाट जन्मिएका बाच्छा बाच्छी तथा पाडा पाडीको नश्ल सुधार हुने र दूध तथा मासुको गुणस्तरमा वृद्धि साथै उत्पादनमा समेत राम्रो हुने भएपछि अहिले स्याङ्जाका पशुपालक कृष्कहरु गाई भैसीको कृत्रिम गर्भाधान तर्फ आक्रषित हुन थालेका छन। गाउँमा साँडे तथा राँगौ पाल्न झन्झट मान्न थालेको र कृत्रिम गर्भाधानबाट गाई भैसीको नश्ल सुधार हुने भएपछि कृषकहरु कृत्रिम गर्भाधान तर्फ आक्रषित हुन थालेका हुन।
जिल्ला पशुसेवा र्कायालय स्याङ्जाले २०३४ सालवाट पशु सेवा कार्यालय वालिङवाट सुरु गरिएको उक्त प्रविधी २०४८ सालवाट जिल्ला सदरमुकाम स्थित जिल्ला पशु अस्पतालवाट समेत सुरु गरेको थियो। झण्डै ४० वर्ष पहिला सुरु गरिएको भएपनि उक्त प्रविधी आवस्यक जनचेतनाको अभावमा प्रभावकारी हुन सकेको थिएन्। पछिल्लो तिनवर्ष यता कृषकहरुको पशुपालन तर्फ बढदै गइरहेको उत्साह र स्थानिय पशुलाई उन्नत जातको गर्भाधान गराउदा पशुमा आउने परिवर्तन र दुध उत्पादन वढी हुने थाहा पाएपछि कृत्रिम गर्भाधान तर्फ कृषकहरुको उत्साह बढदै गइरहेको छ।
प्राकृतिक गर्भाधान गराउन झन्झटिलो हुने, समय बढी लाग्ने, साँडे तथा राँगो खोज्दै टाढा जानुपर्ने, उन्नत जातको राँगो तथा साँडे नपाईने, गर्भ रहने सम्भावना कम हुने, दूध उत्पादन कम हुने र यसबाट जन्मिने बाच्छा बाच्छी तथा पाडा पाडीको नश्ल सुधार समेत नहुने भएकाले किसानहरु कृत्रिम गर्भाधान तर्फ आक्रषित हुन थालेको पशु सेवा केन्द्र वालिङका प्राविधिक साहायक कमल पौडेलले वताए । कृत्रिम गर्भाधानबाट दुध उत्पादनमा बृद्धि हुने, मासुकालागि पालिएका पशुहरुबाट मासु धेरै उत्पादन हुने, साँढे पाल्न झन्झट नहुने, साँढेमा लागेको रोग एकबाट अर्कोमा नसर्ने, छिटो बृद्धि हुने भएकाले पनि कृत्रिम गर्भाधान फाइदाजनक रहेको प्राविधिक पौडेलल वताए । उनका अनुसार कृतिम गर्भाधान अब वाख्रामा पनि पाल्पा जिल्लामा सुरु भइसकेको छिट्टै स्याङ्जामा पनि सन्चालन हुने बताए ।
तरल नाईट्रोजनलाई सुरक्षित साथ राखिएको उन्नत साँडे तथा राँगोको विर्यलाई गाई भैसीले ऋतुकालिन लक्षण देखाएपछि आर्टिफिसियल एआई गन को सहायताले उनीहरुको पाठेघरमा पुर्याउने कार्यलाईृ कृत्रिम गर्भाृधान भनिन्छ कास्कीको पोखरास्थित राष्ट्रिय प्रजनन केन्द्र भेडिफारममा पालिएका उन्नत जातका जर्सी गाई साँडे तथा मुर्रा लाउरे राँगोको विर्यलाई तरल नाईट्रोजनमा सुरक्षित राखेर ल्याईएको विर्यवाट कृत्रिम गर्भाधान गरिने जिल्ला पशु सेवा कार्यालय स्याङ्जाले जनाएको छ।
जिल्ला पशुसेवा र्कायालय स्याङ्जाले २०३४ सालवाट पशु सेवा कार्यालय वालिङवाट सुरु गरिएको उक्त प्रविधी २०४८ सालवाट जिल्ला सदरमुकाम स्थित जिल्ला पशु अस्पतालवाट समेत सुरु गरेको थियो। झण्डै ४० वर्ष पहिला सुरु गरिएको भएपनि उक्त प्रविधी आवस्यक जनचेतनाको अभावमा प्रभावकारी हुन सकेको थिएन्। पछिल्लो तिनवर्ष यता कृषकहरुको पशुपालन तर्फ बढदै गइरहेको उत्साह र स्थानिय पशुलाई उन्नत जातको गर्भाधान गराउदा पशुमा आउने परिवर्तन र दुध उत्पादन वढी हुने थाहा पाएपछि कृत्रिम गर्भाधान तर्फ कृषकहरुको उत्साह बढदै गइरहेको छ।
जिल्ला पशु सेवा कार्यालय स्याङ्जाले गत आर्थिक वर्ष २०६८-६९ मा जिल्लाका चार सय ७८ वटा गाई भैसीमा कृत्रिम गर्भाधान गरेको थियो । जसमा दुई सय ९८ वटा गाई र एक सय ८० भैंसीमा कृत्रिम गर्भाधान गरिएको थियो भने चालु आर्थिक वर्ष ०६९-७०को वैशाख मसान्त सम्ममा आठ सय ९४ भैसी र पाँच सय गाईमा कृतिम गर्भाधान गरेको जिल्ला पशुसेवा कार्यालय स्याङ्जाका पशु विकास अधिकृत मोती लामिछानेले बताए।
विगतको तथ्याङ्कलाई हेर्दा स्याङ्जाका दुग्ध उत्पादक कृषकहरुले भैंसीमा भन्दा गाईमा बढी कृत्रिम गर्भाधान गराउदै आइरहेको भएपनि यसवर्ष गाईको भन्दा झण्डै दोव्वर भैसीमा कृतिम गर्भाधान गरेको तथ्याङकले देखाएको छ। गत वर्ष दुईवटा केन्द्रमा मात्र कृतिम गर्भाधानको व्यवस्था गरिएको थियो भने यस आर्थिक वर्षमा जिल्लाका छ ठाँउवाट सेवा दिदै आइरहेको छ। छ वटा केन्द्र वाट झण्डै स्याङ्जा र पर्वतका ३५ गाविसका कृषक लाभान्वित भएका छन्। स्थानीय लोकल गाईको दूध दैनिक एक लिटर उत्पादन हुनेमा कृत्रिम गर्भाधान गरेर गाई भैसी व्याएपछि दुध उत्पादन वृद्धि भई दैनिक आठ लिटर सम्म उत्पादन हुने गरेको कृषकहरु वताउछन । दुध उत्पादन मात्र नभई पशुहरुमा नश्ल सुधारहुने समेत उनीहरुले वताए ।प्राकृतिक गर्भाधान गराउन झन्झटिलो हुने, समय बढी लाग्ने, साँडे तथा राँगो खोज्दै टाढा जानुपर्ने, उन्नत जातको राँगो तथा साँडे नपाईने, गर्भ रहने सम्भावना कम हुने, दूध उत्पादन कम हुने र यसबाट जन्मिने बाच्छा बाच्छी तथा पाडा पाडीको नश्ल सुधार समेत नहुने भएकाले किसानहरु कृत्रिम गर्भाधान तर्फ आक्रषित हुन थालेको पशु सेवा केन्द्र वालिङका प्राविधिक साहायक कमल पौडेलले वताए । कृत्रिम गर्भाधानबाट दुध उत्पादनमा बृद्धि हुने, मासुकालागि पालिएका पशुहरुबाट मासु धेरै उत्पादन हुने, साँढे पाल्न झन्झट नहुने, साँढेमा लागेको रोग एकबाट अर्कोमा नसर्ने, छिटो बृद्धि हुने भएकाले पनि कृत्रिम गर्भाधान फाइदाजनक रहेको प्राविधिक पौडेलल वताए । उनका अनुसार कृतिम गर्भाधान अब वाख्रामा पनि पाल्पा जिल्लामा सुरु भइसकेको छिट्टै स्याङ्जामा पनि सन्चालन हुने बताए ।
तरल नाईट्रोजनलाई सुरक्षित साथ राखिएको उन्नत साँडे तथा राँगोको विर्यलाई गाई भैसीले ऋतुकालिन लक्षण देखाएपछि आर्टिफिसियल एआई गन को सहायताले उनीहरुको पाठेघरमा पुर्याउने कार्यलाईृ कृत्रिम गर्भाृधान भनिन्छ कास्कीको पोखरास्थित राष्ट्रिय प्रजनन केन्द्र भेडिफारममा पालिएका उन्नत जातका जर्सी गाई साँडे तथा मुर्रा लाउरे राँगोको विर्यलाई तरल नाईट्रोजनमा सुरक्षित राखेर ल्याईएको विर्यवाट कृत्रिम गर्भाधान गरिने जिल्ला पशु सेवा कार्यालय स्याङ्जाले जनाएको छ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें