मंगलवार, 21 मई 2013

शहिदका परिवारले प्रचण्डलाई घेरेपछि..

काठमाडौं, जेष्ठ ७ । वेपत्ताका आफन्तजनले वेपत्ता भएकाहरुको स्थिति कहिलेसम्म सार्वजनीक हुन्छ भनेर प्रचण्डलाई -याख्-याख्दी पारेपछि उनले यस्तो बताएका हुन् ।
शहिदका परिवारले प्रचण्डलाई घेरेपछि..कार्यक्रममा वेपत्ता योद्धा र शहिदका परिवारले आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकालाई राज्यले उचित सम्मान नदिएको, वेपत्ताको खोजबीन नगरेको बरु उल्टै आन्दोलनका दोषीलाई माओवादीले टाउकोमा राखेर हिंडेको भन्दै आपत्ति जनाएका थिए । शान्ति सम्झौतामा ६० दिनभित्र बेपत्ता भएकाहरुको स्थिति सार्वजनिक गर्ने सहमति भएपनि ६ वर्षसम्म पनि उनीहरुका बारेमा अत्तोपत्तो छैन । सरकारमा जानुपर्दा नेताहरुलाई वेपत्ता र घाइतेको मुद्दा भ¥याङका रुपमा प्रयोग गरेपनि त्यसपछि भने चटक्कै छाड्ने गरेका छन् । बेपत्ता हुनेहरुको संख्या एघार सयभन्दा बढी छ । 
यसैबीच, आज भएको घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानको पहिलो साधारणसभामा प्रचण्डले ढकाल समग्र सांस्कृतिक आन्दोनलको प्रतीक रहेको बताए । ढकाल दार्शनिक व्यक्तित्व भएको भन्दै उनले साँस्कृतिक फाँटमा गरेको योगदानको जति चर्चा गरेपनि कम हुने बताए ।

कोई टिप्पणी नहीं: