गुरुवार, 17 अप्रैल 2014

काठमाडौंबासीले भत्काइएका घरको क्षतिपूर्ति पाउने

४ बैशाख, काठमाडौं । सडक विस्तारका क्रममा घर भत्काइएका काठमाडौंबासीले क्षतिपूर्ति पाउने भएका छन्। सडक विस्तारका क्रममा भत्काइएका घरको क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले मुआब्जा उपलब्ध गराउने भएको हो ।
road-expansion-kathmanduकाठमाडौं उपत्यका सडक विस्तार आयोजनाअन्तर्गत कालिमाटी-बल्खु-त्रिभुवन विश्वविद्यालय गेट सडक खण्ड र गौशाला-पुरानो बानेश्वर एवम् नयाा बानेश्वर-शंखमुल सडक विस्तारका क्रममा भत्काइएका घर तथा टहराको मुआब्जा जिल्ला प्रशासनले दिने भएको हो । प्रशासनले बुधबार सार्वजनिक सूचना निकालेर मुआब्जा उपलब्ध गराउन भत्काइएका संरचनाका धनीहरुलाई आवश्यक प्रमाण र कागजातसहित ७ दिन भित्रमा निवेदन पेश गर्न भनेको छ । प्रशासनले आवश्यक प्रमाण पुर्‍याएर आएका घरधनीलाई क्षति भएको संरचनाको सरकारी मूल्याङ्कन गरेर मुआब्जा दिने जनाएको छ । प्रशासनले मुआब्जा दिन निवेदन आहृवान गरेकामा कालिमाटी-बल्खु-त्रिभुवन विश्वविद्यालय गेट सडकखण्डका ४१ घर रहेका छन् । सडक विस्तारका क्रममा उनीहरुका अधिकांश पक्की घरको आरसिसी ढलान भत्काइएको थियो । त्यसैगरी गौशाला-पुरानो बानेश्वर सडकखण्डका १२ घरधनीलाई सरकारले मुआब्जा दिन लागेको हो । त्यसैगरी नयाा बानेश्वर-शंखमुल सडकखण्डका ६ घरलाई मुआब्जा दिनका लागि प्रशासनले सम्बन्धित घरधनीका नाममा सार्वजनिक सूचना आहृवान गरेको छ । सडक विस्तारका क्रममा भत्काइएपछि धेरै घरधनीहरुले अहिले पनि घरको पुनःनिर्माण गर्न सकेका छैनन् । काठमाडौं उपत्यकामा सरकारले करिब १ सय ५० किलोमिटर सडकको चौडाइ बढाउन गत वर्षबाट थालेको हो । यसअघि सडक मिचेर बनाइएका घरहरुको क्षतिपूर्ति नदिने बताइादै आएको थियो । 

कोई टिप्पणी नहीं: