बुधवार, 16 अप्रैल 2014

प्रचण्ड पुत्र प्रकाश सवारी दुर्घटनामा घाइते

३ बैशाख, नेपालगञ्ज । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश सवारी दुर्घटनामा परेर घाइते भएका छन् । काठमाडौंबाट सुदूरपश्चिमको धनगढी जाने क्रममा बर्दियाको बबई पुलनजिकै मंगलबार साँझ ५ बजेको समयमा भएको कार दुर्घटनामा प्रकाश घाइते भएका हुन् । उनको स्थिति समान्य छ ।
प्रकाशले हाँकेको दुर्ङटनाग्रस्त कार
‘पत्नी’ विना मगरको गृहजिल्ला जाने क्रममा प्रकाश चढेको कार बबई पुल तरेपछि आउने बर्दिया राष्ट्रिय निकुञ्जको घुम्तिमा दुर्घटनामा परेको थियो । सो घुम्तिमा धेरै सवारी दुर्घटना हुने गरेका छन् । कार प्रकाशले आफैं हाँकेका थिए । बा ११ च ५२२० नम्बरको सो कार बुधबार बिहानसम्म दुर्घटनास्थलमै छ ।
प्रकाशले हाँकेको दुर्ङटनाग्रस्त कार
दुर्घटनापछि बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले प्रकाशसहितका घाइतेहरुलाई उद्दार गरेको थियो । दुर्घटनामा परी प्रकाशसँगै रहेका मिलन डाँगी र मुकेश दराई पनि घाइते भएका छन् । डाँगी र प्रकाशको स्थिति सामान्य रहेको र दराईलाई बढी चोट लागेको प्रहरी स्रोतले बताएको छ । घाइते दराई पूर्वकमान्डर सन्तु दराईका भाइ हुन् । सुरक्षास्रोतले बाँकेको कोहलपुरस्थित कोहलपुर मेडिकल कलेजमा घाइतेको उपचार गरिएको जनाएको छ । प्रकाशको पारिवारिक श्रोतले भने मंगलबार साँझै उपचारपछि प्रकाश हाल कोहलपुरस्थित एक होटलमा बसेको जानकारी दिएको छ । ‘प्रकाशको अवस्था बाहिर आएजस्तो गम्भीर छैन, उपचारपछि उनी होटलमा बसेका छन् ।’- प्रकाशको पारिवारिक श्रोतले भन्यो । गाई पालनको अध्ययन गर्न भन्दै धनगढी हिँडेका प्रकाश दुर्घटनामा परेपछि आज बिहान नेपालगञ्जबाट जहाजमा काठमाडौं  फर्किएको प्रहरीले बतायो । 

कोई टिप्पणी नहीं: