गुरुवार, 24 अप्रैल 2014

रेडियोबाट राज्यले अनावश्यक कर असुल्न खोज्यो : चापागाइँ

११ वैशाख, दाङ । सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष मोहन चापागाइँले रेडियोहरुलाई राज्यले अनावश्यक कर असुल्न खोजेको वताएका छन् ।चापागाइँले राज्यले सञ्चार माध्यमहरुलाई सिमेन्ट उद्योग र चाउचाउ उद्योग सरह कर असुल्न खोजेको भन्दै तत्काल नयाँ संचार नीति ल्याउनुपर्ने वताएका हुन् ।
mohan-chapagainरिपोटर्स क्लव नेपाल दाङ शाखाले बिहीवार तुलसीपुरमा आयोजना गरेको साक्षात्कारमा उनले नेपालका ९५ प्रतिशत जनताहरुलाई सामुदायिक रेडियोहरुले निरन्तर सुचना प्रवाह गरिरहेको भन्दै एकछिन मात्र रेडियोहरु वन्द भए आम नेपालीहरुको दैनिकीमा समेत प्रभाव पर्ने वताए ।
उनले सामुदायिक रेडियोहरुले सामाजिक उत्तरदायित्व वहन गर्दै सशक्तिकरण र समाज परिवर्तणमा महत्वपुर्ण भूमिका खेल्दै आएको प्रष्ट पारे । उनले हालै नेपालमा सुरु गरेको सौर्य उर्जा वितरण संम्वन्धि नीतिको कसैले पनि विरोध गर्न नहुने वताए । उनले नेपालका सवै रेडियोहरु र घर घरमा सौर्य उर्जा जडान गर्न अकोर्‍यावले भूमिका खेलिरहेको समेत वताए ।
उनले पछिल्लो समयमा नेपालका सञ्चार माध्यमहरुले लोडसेडिङको मार खेपिरहेको भन्दै यसमा सौर्य उर्जाले केही राहत हुने वताए । उनले विज्ञापन नीति, सञ्चारमाध्यमहरुलाई सवारी साधन खरिदमा छुटका साथै रेडियोहरुको लाईसेन्स वितरणमा छिट्टै सञ्चार मन्त्रालयले चासो दिनुपर्ने वताए ।

कोई टिप्पणी नहीं: