शुक्रवार, 25 अप्रैल 2014

मोटरसाइकलको ठक्करले पैदलयात्रीको मृत्यु

सुवास लामिछाने १२ बैशाख, नवलपरासी । पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तगत नवलपरासीको अमरापुरीमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । पश्चिमवाट पुर्वतर्फ जाँदै गरेको ना १४ प ४८२७ नम्वरको मोटरसाइकलले आज विहान ठक्कर दिदा पैदलयात्री नवलपरासि बुलिङटारकी ६५ बर्षकी य जेठिमाया रानाको मृत्यु भएको हो । घाइते रानाको स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा लिएको छ ।  

कोई टिप्पणी नहीं: