गुरुवार, 17 अप्रैल 2014

कोदालोले हानेर प्यूठानमा एक बृद्धको हत्या

प्यूठान, वैशाख ४ - आर्थिक लेनदेनमा विवाद हुँदा प्यूठानमा कोदालोले हानेर एक बृद्धको हत्या भएको छ । उदयपुरकोट गाविस वडा नं. ७ डाँडाकटेरीका ७४ वर्षीय शशिराम बि.क.लाई यहाँकै १७ वर्षीय युवा जितबहादुर सुनारले हत्या गरेका छन् ।
kodalo बुधबार बेलुका  कोदालोको पासोले हानेर हत्या भएको प्रहरी जनाएको छ । हत्यामा संलग्न सुनारलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको स्थानीय झिमबहादु मल्लले जानकारी दिए । शशिबहादुरको पर्स जितबहादुरले लिएको विषयमा बिवाद भएको स्थानीयले बताएका छन् ।
बिहीबार बिहान प्रहरी चौकी देविस्थानबाट घटनास्थल प्रहरी पुगी जितबहादुर र अर्का एक स्थानीयलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्यूठान प्रहरी प्रमुख डिएसपी दिपक रेग्मीले बताए ।

कोई टिप्पणी नहीं: