शुक्रवार, 25 अप्रैल 2014

संसारकै अग्लो टावरबाट हाम्फालेर बिश्व किर्तिमान

बैशाख १२ - दुबईमा रहेको ब्रुज खालिफा टावरबाट हाम्फालेर हालै दुई जना साहसी पुरुषले बिश्वरेकर्ड कायम गरेका छन् । ८२८ मिटर अग्लो ब्रुज खालिफा संसारकै सवैभन्दा अग्लो भवन हो । 
world base jumpगत सोमबार फ्रान्सका दुई स्काइ डाइभर फ्रेड फुगेन र भिन्स राफेटले टावरको टुप्पोबाट हाम फालेका थिए । त्यसका लागि उनीहरुले स्वीजरल्याण्डका हिमालबाट हाम्फालेर अभ्यास गर्नुपरेको थियो । त्यस्तै उनीहरुले दुवईमै हेलिकोप्टरबाट निकैपटक हाम फालेर रेकर्डका लागि तयार पारेका थिए ।ब्रुज खालिफा टावरको टुप्पोमा दुई जना उभिन सक्ने ठाउँ बनाइएको थियो । जसलाई टुप्पोमा फिट गर्न नै तीन दिन लागेको थियो । सफलतापूर्वक भुईँमा उत्रिएपछि फ्रेडले भने- तीन बर्षदेखिको कठोर तालिमबाट बुनिएको सपना आज पुरा भएको छ, मेरो सपना पुरा भयो ।’ यही महिनामात्रै ब्रुज खालिफामा दुईवटा बिश्व रेकर्ड राखिए । यसअघि टावरको टुप्पोभन्दा केही तलबाट अर्का ब्यक्तिले प्यारासुट जम्प गरेका थिए ।

world base jump 1
Success: Fugen and Reffet congratulate one another after making their world record breaking jump. The pair had to practice on a Swiss mountain to get used to the altitude
No fear: The daredevil duo steady themselves for their record breaking base jump earlier today

कोई टिप्पणी नहीं: