शुक्रवार, 25 अप्रैल 2014

राष्ट्र बैंककै ऋण खाएर १५ एनजीओ भागे

१२ बैशाख, काठमाडौं । नेपालका १५ गैरसरकारी संस्था नेपाल राष्ट्र बैंकको ऋण खाएर भागेका छन् । पैसाको कारोबार गर्ने संस्थाहरुलाई कारोबारको अनुमति दिने र नियमन, अनुगमन गर्ने जिम्मेवारी पाएको राष्ट्र बैंककै ऋण खाएर गैरसरकारी पाएको राष्ट्र बैंककै ऋण खाएर गैरसरकारी संस्था -एनजीओहरु बेपत्ता भएका हुन् । उनीहरुले राष्ट्र बैंकको २० लाख रुपैयाँभन्दा बढी ऋण खाएर बेपत्ता भएको स्रोतले बताएको छ । राष्ट्र बैंकको लघुवित्त पवर्द्धन तथा सुपरिवेक्षण विभागबाट २० वर्षभन्दा अगाडि नै ऋण लिएका एनजीओहरु अहिले सम्पर्कविहीन भएको राजधानी दैनिकमा खबर छ । राष्ट्र बैंकले २०५०/५१ सालतिर एनजीओहरुलाई ऋण दिने नीति लिएको थियो । सोही नीतिअन्तर्गत ऋण लिएका एनजीओहरुले अहिलेसम्म ऋणको सावाँव्याज नतिरेका हुन् । त्यस्ता संस्थाले २० लाख १८ हजार ९ सय ७९ रुपैयाँ सावाँ रकम तिर्न बाँकी रहेको राष्ट्र बैंको तथ्यांकमा उल्लेख छ । ‘एनजीओहरुले २०५१/५१ सालतिर लिएका ऋणको सावाँव्याज अहिलेसम्म तिरेका छैनन्, ऋण लिने संस्थाहरु अहिले अस्तित्वमा भए/नभएको र त्यसको जिम्मेवार व्यक्ति को हुने भन्नेसमेत यकिन हुन नसकेकोले सो रकम उठ्ने सम्भावना कम छ,’ राष्ट्र बैंक स्रोतले भन्यो । यसरी एनजीओहरुले लिएको ऋणमा व्यापक दुरुपयोग भएको र अपेक्षित उपलब्धि पनि हासिल नभएको भन्दै राष्ट्र बैंकले त्यस्ता संस्थाहरुलाई ऋण दिन राकिसकेको छ । राष्ट्र बैंकले एनजीओहरुलाई ८ प्रतिशत व्याजदरमा ऋण प्रदान गर्ने गरेको थियो । यसरी ऋण लिएका एनजीओहरुले ६ प्रतिशत व्याजदर थप गरेर १४ प्रतिशतमा सर्वसाधारणलाई ऋण दिन पाउने व्यवस्था थियो ।  

कोई टिप्पणी नहीं: