बुधवार, 16 अप्रैल 2014

आमा-बाबु बितेपछि सन्तानको बिचल्ली

चितवन, वैशाख ३ - यहाँ आमा-बाबु बितेपछि सन्तानको बिचल्ली भएको छ । भरतपुर ४ स्थित बेलचोकमा डेरा गरी बस्ने रुपा लामाको मृत्यु भएपछि छोराहरुको बिचल्ली भएको हो । रुपाले अर्काको घरमा भाँडा माझ्ने र लुगा धुने काम गरेर ३ सन्तान पालेकी थिईन् । छोरी राधीकाको विहे भई सकेको छ ।
child छोराहरु मध्येका जेठा रोशन ट्रकमा सह चालकको रुपमा काम गर्छन । सोमबार अचानक मुटुमा समस्या देखा परेपछि उपचार अभावमा उनको मृत्यु भयो । उनको श्रीमान रामबहादुरको चार बर्ष अघि टाईफाईडले गर्दा मृत्यु भएको थियो । दुबै बाबुआमाको मृत्यु भएपछि अहिले सन्तानको विचल्ली भएको हो । क्रिया गर्ने खर्च समेत छिमेकीले जुटाएर गरिदिए । घरमा खाने अन्न छैन । क्रिया बसेका रोशनले खान पाएका छैनन् । ओड्ने ओछ्याउने लत्ताकपडा छिमेकीले सहयोग गरेका हुन् । यतिबेला अहिले ८ वर्षीया रामहरी र ४ वर्षीया विवश सहाराविहन बनेका छन् । 'बिहान बेलुकाको छाक जुटाउन समस्या छ,' दीदि राधीकाले भनिन्,' भाईहरुलाई जेनतेन पाल्न सक्छु, तर, उनीहरुको भविष्य बनाउन सक्दिन ।' उनका श्रीमान विजय गाडी चालक हुन् । श्रीमानलाई बस दुर्घट्नाको विषय बनाएर विराटनगरमा प्रहरीले पक्राउ गरेपछि परिवारमा झन पीडा थपिएको छ । रोशन राधिकाको कोठामा क्रिया बसेका छन् । रामहरी र विवशले पेटभरी खान पाएका छैनन् ।
'मेरो ज्यान जसोतसो पाल्न सक्छु,' क्रियामा बसेका रोशनले भने,' भाईहरुलाई कसरी पाल्ने भन्ने चिन्ता छ ।' उनले कसैले सहयोग गरिदिएदेखि भाईहरुले पढ्न पाउने बताए । बिहान छाक जुटेपनि बेलुका छाक जुटाउन समस्या पर्छ । विद्यालय जाने उमेर भएपनि गरिबीले गर्दा दुवैले पढ्न पाएका छैनन् । गरिबीले गर्दा राधिका र रोशनले भने पढ्न पाएनन् ।
'पढेर राम्रो काम गर्न मन छ,' रामहरीले भने,'कसैले सहयोग गरिदिएदेखी पढेर राम्रो बन्थे, पढेपछि आफैं गरेर खान सक्ने हुन्थे ।' उनले रातभरी आमाले रोईकराई गर्दा पनि बचाउन नसकिएको र भोकभोकै बस्नु परेको बताए । नारायणगढ बजार छेउमै उनीहरु बस्छन् । तर, ज्याला मजदुरी नगरे खान पाउंदैनन । ' आर्थिक अवस्था एकदमै नाजुक भएकाले छिमेकी मिलेर सहयोग गरेका हौं,' छिमेकी मनमाया गौतमले भनिन,' व्यक्तिले भन्दा कुनै सरकारी निकायले संरक्षण गरी यी बालकहरुको भविष्य बनाईदिनु पर्‍यो ।' उनले सबै मिलेर क्रिया खर्च जुटाई रुपाको अन्त्येष्टि गरिएको बताइन् ।

कोई टिप्पणी नहीं: