गुरुवार, 17 अप्रैल 2014

कहिले सुध्रिएला कहालीलाग्दो वैदेशिक व्यापार घाटा ?

पुष्प दुलाल ४ बैशाख, काठमाडौं । आयात र निर्यातबीचको चुलिँदो अन्तरले नेपालको वैदेशिक व्यापार भयावह बन्दै गएको छ । उपयुक्त वातावरणको अभावमा उत्पादनमूलक उद्योग फस्टाउन नसक्दा मुलुक पूर्णरुपमा विदेशी वस्तुको आयातमा निर्भर हुन पुगेको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा कुल निर्यातको साढे सात गुणा बढी आयात छ ।
Import-Export-of-Nepalयस अवधिमा नेपालले विभिन्न वस्तुहरु निर्यात गरी ६० अर्ब ९० करोड रुपैयाँ कमाएको छ भने विभिन्न वस्तुहरुको आयात गर्न ४ खर्ब ५८ अर्ब रुपैयाँ खर्च गरेको छ । जसमा पेट्रोलियम पद्धार्थ किन्नमात्रै ८७ अर्ब ८२ करोड रुपैयाँ खर्च गरेको छ । यो कुल निर्यातभन्दा २७ अर्ब रुपैयाँले बढी हो । निर्यातको वृद्धिदर १९.४ प्रतिशत र आयातको वृद्धिदर २७. प्रतिशत छ । तर, निर्यात र आयातको आकारमा ठूलो अन्तर भएकाले मुलुकको आर्थिक स्थिति जुनसुकै बेला गम्भीर संकटमा पर्ने निश्चित छ । यस्तो छ नेपालको वैदेशिक व्यापारको परिदृश्य नेपालले आयात गर्ने वस्तुमा विलासी वस्तुहरुको बढी हिस्सा छ । सबैभन्दा बढी आयात पेट्रोलियम पथार्थको छ । त्यसैगरी गाडी तथा गाडीका पाटपूर्जा, सुन, फलाम, मेसिनरी पाटपुर्जा, औषधी, रासायनिक मल, कोइला, रेडिमेट गार्मेन्ट, फलफूल तथा साजसब्जी अयातमा नेपालले सबैभन्दा बढी खर्च गर्छ । नेपालले निर्यात गर्ने वस्तुहरु भने स्वदेशी कच्चा पद्धार्थद्धारा निर्मित वस्तुहरु छन् । यी वस्तुको उत्पादन बढाउने हो भने निर्यातबाट राम्रो आम्दानी गर्न सकिन्छ । नेपालले निर्यात गर्ने मुख्य वस्तुहरुमा उलन कार्पेट, रेडिमेट गार्मेन्ट, पश्मिना, जडीबुटी, हस्तकला सामाग्री, कागज तथा कागजका उत्पादन, रेडिमेट छालाका उत्पादन, चिया तथा गरगहना रहेका छन् । भारतसँगको परनिर्भरता नेपालको वैदेशिक व्यापार भारतसँग परनिर्भर छ । कूल ४ खर्ब ५९ अर्ब रुपैयाँ आयातमध्ये भारतबाट मात्रै ३ खर्ब ६ अर्ब रुपैयाँको आयात भएको छ ।
त्यसैगरी नेपालको कूल निर्यात ६० अर्ब मध्ये ४० अर्ब निर्यात भारतमा हुन्छ । भारतपछि नेपालको दोस्रो व्यापार सम्बन्ध रहेको देश आयातका लागि चीन हो भने निर्यातका लागि अमेरिका हो ।
Import-Export-of-Nepal-1 नेापलले आयात गर्ने देशमा चीनपछि संयुक्त अरब इमिटेस् (युएइ), इन्डोनेसिया, व्राजिल, थाइल्याड अर्जेन्टिना, जर्मनी, मलेसियालगायत पर्दछन् । त्यसैगरी निर्यात गर्ने मुख्य देशहरुमा जर्मन, चीन, बंगलादेश बेलायत, अफगानस्थानलगायत रहेका छन् । आयातको तुलनामा निर्यात बढाउन नसक्दा मुलुकले खर्बौं रुपैयाँव्यापार घाटाको व्यहोरिरहेको छ । १० वर्षे ससस्त्र द्धन्द्ध र त्यसपछि पनि उद्योगमैत्री वातावरण बन्न नसक्दा मुलुकमा उत्पादन गिरावट हुन गई आयात र निर्यातको खाडल गहिरो बन्दै गएको हो । विद्यमान आर्थिक परिसूचकले मुलुक आर्थिकरुपमा संकटग्रस्त बन्दै गएको चित्रण गर्छ । व्यापार घाटा कम गर्न के गर्नुपर्ला ? बढ्दो व्यापार घाटा न्युनीकरण गर्न सरकारले समयमै आयात प्रतिस्थापन गरी निर्यात प्रवर्द्धन गर्ने नीति कार्यान्वयन गर्नु अत्यावश्यक भइसकेको छ । त्यसका लागि आयात प्रतिस्थापन गर्ने र निर्यात प्रवर्द्धन गर्ने उद्योगलाई विषेश सहुलियत दिनुपर्छ । पहिलो शर्त त लगानी गर्ने वातावरण तयार गर्नु नै हो । आगामी वर्षहरुमा कृषि, उर्जा, पर्यटन क्षेत्र र उत्पादनशील उद्योगमा लगानी वृद्धि गरी उत्पादन नबढाउने हो भने राज्यले बैदेशिक व्यापार घाटा थाम्न नसक्ने अवस्था आउने देखिन्छ । तसर्थ, आर्थिक विकास बिनाको राजनीतिक परिवर्तन टिकाउ हुँदैन भन्नेतर्फ केन्दि्रत भई नेपालका राजनीतिक दलहरु आर्थिक विकासमा एकैठाउँ उभिएर मुलुकको आर्थिक परिसूचक थप बिग्रनबाट जोगाउनु अहिलेको पहिलो आवश्यकता हो । राजनीतिक नेतृत्व इमानदार र सम्वेदनशील भएर आर्थिक विकासमा लाग्ने हो भने आगामी केही वर्षमा मुलुकले दोहोरो आर्थिक बृद्धिदर हासिल गर्न सम्भव छ । र, त्यसबेला आयात र निर्यातबीचको गहिरो खाडल क्रमशः समतल हुनेछ ।  

कोई टिप्पणी नहीं: