बुधवार, 16 अप्रैल 2014

करोड खर्चेर गाउँमा खेलमैदान र मोटरबाटो

३ बैशाख, म्याग्दी । वैदेशिक रोजगारीमा गएका स्थानीयको सहयोगले म्याग्दीको हिस्तान गाविसको महभीरदेखि मथेनी जोड्ने सडक र खेलमैदानको निर्माण गरिएको छ । २० किलोमिटर लामो सडक एक करोड रुपैयाँको लागतमा निर्माण भएको हो । स्थानीयवासी र रोजगारी तथा पेसा व्यवसायमा विदेश गएका हिस्तानवासीको ७० लाख रुपैयाँ तथा जिविस र गाविसको ३० लाख रुपैयाँ लगानीमा सडक निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर पुनले बताए । यसैगरी सरकारी अनुदानबिनै स्थानीयको सक्रियतामा टिकोट माविको पुरानो भवन परिसरमा पक्की खेलमैदानसमेत निर्माण गरिएको छ । खेलमैदानको लम्बाइ २६ र चौडाइ १४ मिटर छ । बास्केटबल र भलिबल खेल खेलाउनसकिने खेलमैदान निर्माण गर्न १३ लाख रुपैयाँ खर्च भएको बताइएको छ । रासस 

कोई टिप्पणी नहीं: