गुरुवार, 17 अप्रैल 2014

क्रिकेट खेलाडी र क्यानबीच तीनबुँदे सहमति

४ वैशाख, काठमाडौं । योजना निर्माण र अनुगमन समिति  बनाउने सहित तीनबुँदे सहमति भएपछि राष्ट्रिय क्रिकेटर र नेपाल क्रिकेट संघ (क्यान)को बीचको बिबाद अन्त्य भएको छ । राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव युवराज लामाको संयोजकत्वमा पाँच सदस्यीय अनुगमन समिति गठन गरिएको छ । समितिमा प्रशिक्षक पुवुद्धु दशानायके, राष्ट्रिय टोलीका कप्तान पारस खड्का, मन्त्रालय र क्यानका एक एक प्रतिनिधि रहनेछन् । ‘क्रिकेट संघ भन्दा ठूलो होइन । समन्वय समिति हो’ क्यानका उपाध्यक्ष एवं वार्ता टोली संयोजक चतुरबहादुर चन्दले भने ।
संयोजक लामाका अनुसार समितिले योजना बनाउने, अनुगमन गर्ने र कमी कमजोरी हटाउने काम गर्नेछ । कप्तान पारस खड्काले क्यान विघटनका लागि कानूनी समस्या भएकाले थप लचिलो भएको बताएका छन् ।
क्यान र खेलाडीबीचको सहमतिसँगै अब एसीसी एलिट कपका लागि नेपाली टोलीको घोषणा हुनेछ । एकदिवसीय राष्ट्रिय क्रिकेट खेलिरहेका र विश्वकप खेलेका १६ जनाबाट मिलाएर टोली घोषणा गर्ने तयारी भइरहेको छ । तलब भत्ता, नयाँ क्यानसहितको १० बुँदे माग राख्दै ट्वान्टी–ट्वान्टी विश्वकप खेलेका १६ खेलाडी विरोधमा उत्रिएका थिए । उनीहरुले काठमाडौं र पोखरामा जारी एकदिवसीय राष्ट्रिय क्रिकेट समेत खेलेका छैनन् ।

कोई टिप्पणी नहीं: