बुधवार, 16 अप्रैल 2014

भू.पू सैनिकले मनाए नया वर्ष - फोटो फिचर सहित

दिल प्रसाद थापा मगर  , बुटवल - नव वर्ष २०७१को उपलक्ष्यमा बैशाख १ गते भू.पू सैनिक जवई स्पोटिङ्ग क्लबद्धारा आयोजित बुटवल १५ सालघारी जवई खेल मैदानमा नव वर्षको शुभकामना आदनप्रधान एवम् विविध खेलकुद तथा सास्कृतीक कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ ।
कार्यक्रमा वक्ताहरुले बुटवल नगरपालिकामा स्थापित पहिलो खेल मैदान जवईलाई संरक्ष्ँण एवम विकास गर्न सम्पुर्ण राजनितीक दल, स्थानिय निकाय, संघ सस्थाहरु, सरकारी निकायले ध्यान दिन आवश्यक रहेको बताए । बुटवल नगर पालिकाको गहनाको रुपमा रहेको सो खेल मैदानलाई मिनी स्टिडियम बनाउने योजना रहेता पनि त्यसमा कुनै निकायको चासो नरहेको वक्ताहरुले गुनासो पोखे ।

  कार्यक्रमको सभापतिमा क्लबका अध्यक्ष दलबहादुर थापा मगर रहेका थिए । प्रमुख अतिथी बुटवल नगरपालिका योजना शाखा अधिकृती राम प्रसाद अर्याल रहेका थिए भने विशिष्ठ अतिथी वरिष्ठ समाजसेवी विष्णु प्रसाद थापा रहेका थिए ।
  अन्य अतिथीहरुमा एमाओवादीका वडा इनचाज कृष्ण भुषाल,नेकपा–माओवादी एन.वि. साही , नेकपा एमालेका हेम बहादुर राना , क्लबका पर्व अध्यक्ष थमन सिह पुन , वरिष्ठ समाजसेवी मान सिह थापा , जितेश्वरी वन उपभोक्ता समितीका अध्यक्ष सन्त बहादुर कार्की , तमु ह्युल छोज धि वडा का अध्यक्ष झल बहादुर गुरुङ्ग , सालघारी खानेपानी तथा सरसफाई समितीका अध्यक्ष गोपीराम थापा, भू.पू सैनिक जनकल्याण परिवार का अध्यक्ष शेरबहादुर पुन , भू.पू सैनिक जनकल्याण आमा समुहमा अध्यक्ष मिश्री थापा, बुटवल एक्स आर्मी इङ्गलिस बोडिङ्ग स्कुल व्यवस्थापन समितीका अध्यक्ष दिलबहादुर थापा , नवरत्न इङ्गलिस बोडिङ्ग स्कुलका प्रचार्य हितमान पुन, संघिय एक्सप्रेसका पत्रकार दिल प्रसाद थापा लगायत अन्य अतिथीहरुको उपस्थिती रहेको थियो ।  
  कार्यक्रमा प्रमुख अतिथीद्धारा दियोमा दिप प्रज्वलन गरि उदघाटन गरिएको थियो । कार्यक्रममा  मिठाई दौड, मुखले पैसा टिप्ने, सियो धागो खेल, म्यूजिकल चियर , घौटो फोड, ५० वर्ष भन्दा माथीका समुहलाई भाले छोप्ने प्रतियोगिता, भलिबल प्रतियोगिता, बास्केटबल प्रतियोगिता, भाले चिठ्ठा , हाउजी बिङ्गगो तम्बोला लगायत अन्य विविध कार्यक्रम भएको थियो ।
  कार्यक्रममा विविध सास्कृतीक झल्काउने नित्य प्रस्तृत गरिएको थियो । भू.पू सैनिक जनकल्याण परिवारले मगरहरुको मौलिकता झल्काउने सालेज्यु नित्य प्रस्तृत  गरेका  थियो । वि.डव्लु .व्वाइजको वि बोइङ्गको बेजोड प्रस्तृतीले दर्शकहरुलाई मानोरञ्जन गराउन सफल भएको थियो ।
  कार्यक्रममा संघिय एक्सप्रेसका पत्रकार दिल प्रसाद थापा र बेल्जियम बसोवास गदै आएका क्लबका सदस्य नवराज थापालाइ क्लबले समाजमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको थियो । बास्केटबल प्रतियोगितामा भू.पू सैनिक जवई स्पोटिङ्ग क्लबका भू.पू सैनिक समुह विजय तथा उपविजय युवा समुह भएको थियो भने भलिबल प्रतियोगितामा भू.पू सैनिक जवई स्पोटिङ्ग क्लब प्रथम स्थान हासिल गर्न सफल भएको थियो भने तामनगर युवा क्लब दितिय भएको थियो ।
  
कार्यक्रमको संचालनद्वय क्लबका सचिल राजेन्द्र थापा र युवा समितीका सचिव  नरसिह थापाले गरेका थिए ।
 

कोई टिप्पणी नहीं: