गुरुवार, 24 अप्रैल 2014

पूर्वी पहाडमा खनिज पदार्थ खोज्दै भूगर्भविद

लाक्पासांगे शेर्पा ११ बैशाख, संखुवासभा । खानी तथा भुगर्भ विभागको टोली संखुवासभासहितका ६ वटा पहाडी जिल्लामा खजिनपर्दाथ खोज्न निस्केको छ । संखुवासभाबाट गत चैत १९ देखि थालिएको आन्वेषण भोजपुर, ताप्लेजुङ, धनकुटा तेह्रथुम र पाँचथरसम्म गरिने कार्यक्रम रहेको टोलीका प्रमुख बरिष्ठ भूगर्भविद दिनेश नेपालीले बताए । ६ जना भूगर्मविदको टोलीले ८० दिन सम्म खनिज पदार्थको खोजी गर्ने भएको छ ।
baluwa  prasodhanटोली पहाडको करिब १३ सय वर्ग किलोमिटर क्षेत्रमा भौगोलिक नक्सांकन र धातु खनिज अन्वेषण अनुसन्धानमा खटिएको हो । भूगर्भविदको पहिलो टोलीले भौगर्भिक नक्सांकन गर्दै चट्टान, धातुअधातुको पहिचान गरी भौगर्भिक नक्सा बनाउने छ । दोश्रो टोलीले सुन, तामा, फलाम र सिसाजस्ता पदार्थको आन्वेषण गर्ने भूगर्भविद सौनक भण्डारीले बताए । तेश्रो टोलीले अधातुहरु चुनढुंगा, खरीढंगा, अभ्रक, रातोमाटो, ग्रेनाइट, मार्वल, स्लेट, किम्ती तथा अर्धकिम्ती पत्थरहरु टुर्मालिन,काइनाइट कुरिन, क्वारर्ज लगायत अधातुको आन्वेषण गरिरहेको छ । टोलीमा भूगर्भविदहरु भूगर्भविद दिनेश नेपाली टोली प्रमुख, भूगर्भविदहरु शिव कुमार बास्कोटा, कुमार केसी, नारायण बास्कोटा, विश्वराज सिलवाल, सौनक भण्डारी र सहयक भूगर्भविद नविन तामाङ छन् । टोलीले केही दिनयता संखुवासभाको चैनपुर र मुढे बजार केन्द्रित भएर खोलाबाट बालुवा र चट्टानको नमूना पनि संकलन गरिरहेको छ ।
संखुवासभाको प्रारम्भिक अनुसन्धानमा फलामको खानीको बढी संभावना रहेको भूगर्भविद कुमार केशीले बताए । अनुसन्धान गर्न समुद्री सतहदेखि २ सय मिटरमाथि र ३६ सय मिटरवीचको क्षेत्र छानिएको भुगर्भविदहरुले बताएका छन् । टोली प्रमुख भूगर्भविद दिनेश नेपालीका अनुसार हाल अनुसन्धान जारी रहेको १३ सय वर्ग किमी क्षेत्रमा सरकारले खनिज उत्खननमा प्रतिबन्ध लगाएको छ । यस क्षेत्रबाट टोलीले सुनको अनुसन्धान गर्न २ सय प्रकारको वालुवा र ४ सय प्रकारको ढंगाको नमुना संकलन गरी काठमाडौ लग्ने छ । पाल टाँग्दै अनुसन्धान गर्दै भुगर्भविदहरुको टोलीले पुर्वी पहाडमा पैदलयात्रा गर्दै अनुसन्धान गरिरहेको छ । ‘सरकारले सामान्य दैनिक भ्रमणभत्ता दिएको छ’, टोलीका प्रमुख भूगर्भविद दिनेश नेपालीले भने, ‘सरकारले टेन्ट टाँगेर काम गर्नु भनेका विकट ठाँउमा टेन्ट टाँगेरै बसेर अनुसन्धान सक्छौं ।’ tamaStone samplegeologist team1 saya barsa aagadi ling lin ma falam khane ko khanigeologist  In Investigation

कोई टिप्पणी नहीं: