शुक्रवार, 25 अप्रैल 2014

संसदले आजै सत्यनिरुपण विधेयक पारित गर्ने

१२ बैसाख, काठमाडौं । संविधानसभाका पाँच सभापतिको निर्वाचन हुनुअघि आजै बोलाइएको व्यवस्थापिका संसदको बैठकले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगसम्बन्धी विधेयकलाई अन्तिम रुप दिने भएको छ । बिहान ११ बजेदलेखि आयोजना गरिएको व्यवस्थापिका संसदको बैठकको कार्यसूचीमा कानून मन्त्रीले सत्यनिरुपण विधेयक दफाबार छलफलका लागि प्रस्तुत गर्ने र संशोधनका सूचना निर्णयार्थ प्रस्तुत गरिने उल्लेख छ । त्यसपछि यो विधेयकलाई पारित गरियोस् भनी संसदम प्रस्तुत गरिने र आजै अन्तिम रुप दिइने व्यवस्थापिका संसदको कार्यसूचीमा उल्लेख छ । त्यसैगरी शुक्रबारको व्यवस्थापिका संसदको बैठकमा सभासद कुल बहादुर गुरुङले सेना परिचालनको अनुमोदनसम्बन्धी सुरक्षा विशेष समितिको प्रतिवेदन पेश गर्ने कार्यसूचि निर्धारण गरिएको छ । सभासद पदमनारायण चौधरीले संसदीय अध्ययन तथा सुझाव समितिको कार्यविधि थप सम्बन्धी प्रस्ताव पेश गर्ने र व्यवस्थापिका संसदका विभिन्न समितिका सदस्यहरुको हेरफेर समेत गरिने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ । व्यवस्थापिका संसदको बैठक सकिएपछि बस्ने संविधानसभाले पाँचवटा समितिका सभापतिहरुको छनोट गर्ने कार्यक्रम रहेको छ । 

कोई टिप्पणी नहीं: