गुरुवार, 24 अप्रैल 2014

विजुक्छेद्वारा नागरिक सम्वन्ध समितिको सभापति अस्वीकार

११ बैशाख, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले संविधानसभाको नागरिक सम्वन्ध तथा सुझाव समितिको सभापति बन्न अस्वीकार गरेका छन् । प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीले विजेक्छेलाई सभापतिमा उघाउने भन्दै उम्मेदवारीका आग्रह गरेका थिए ।
narayanmanतर, विजेक्छेले अस्वीकार गरेपछि नेकपा संयुक्तका सभासद प्रमिला राणाले उम्मेदवारी दिएका छन् । ‘पहिले सल्लाह पनि भएको थिएन । हामीले छलफल गर्दा यो पटक बनासौं भन्ने भयो र उम्मेदवारी दिएनौं’ नेमकिपाका महासचिव सुनिल प्रजापतिले अनलाइनखबरसँग भने । विगतमा पनि नेमकिपाले समिति सभापति नलिएको भन्दै उनले बाहिर बसेर नै सहयोग गर्ने बताए ।
नागरिक सम्वन्ध समिति संविधानको मस्यौदालाई जनतामाझ लैजाने र सुझाव संकलन गर्ने समिति हो ।
यसैवीच नागरिक सम्बन्ध सुझाव समितिमा भने नेकपा संयुक्तकी प्रमिला राणाको उम्मेदवारी परेको छ । उनको प्रस्तावकमा एमालेकी ममता गिरी रहेकी छिन् भने समर्थकमा कांग्रेस मूख्य सचेतक चीनकाजी श्रेष्ठ रहेका छन् ।

कोई टिप्पणी नहीं: