गुरुवार, 24 अप्रैल 2014

खपाङ्गी मोटरसाइकल दुर्घटनाको एक वर्ष

टोपबहादुर थापा मगर काठमान्डु बैशाख ११ - नेपाल विविध जातजाती , भाषाभाषी, धार्मिक सहिष्णुता भएको मुलुक हो । सयौ बर्ष देखि यस यस मुलुकमा बसोबास गर्ने जातीहरु आ–आफ्नै ढंगले आफ्नै परम्परा संस्कार अनुसार नै जिविकोपार्जन गर्दै सौर्हादपूर्ण तरिकाले बसी नेपाल विश्वमा नेपाल रहेको छ । विशेषतः सयौ जातजातीहरु बसोबास गर्ने भएकोले नै यो नेपाल बहुजातीय मुलुक भएको छ ।
मुलतः बहुसंख्यक आदिवासी जनजातीहरुले ओगटेको मुलुकमा देश छ , तर आदिवासी जनजातीहरुको राज्य छैन भन्ने अनुभूती भएर नै हाम्रा आदरणीय अग्रज नेता गोरेबहादुर खपाङ्गीले आज भन्दा तीन दशक अगाडी देखी नै बहुजातीय मुलुकमा सत्ताको स्वरुप पनि बहुजातीय नै हुनुपर्दछ भनी अनवरत रुपमा जेहाद छर्दै, आवाज बुलन्द गर्दै अगाढी बढ्नुभयो । Multy Party System अनुसार बहुसंख्यकले अल्पमतमाथि शासन गर्ने हो तर बिडम्बना यस नेपालमा त अल्पसंख्यक जातीले बहुसंख्यक जाती माथि शासन चलाएको छ, त्यो हो – ब्राह्मणवाद । जबसम्म ब्राह्मणवाद रहन्छ तबसम्म मुलुकको विकास पनि असम्भव छ भनी गोरे बहादुर खपाङ्गी ब्राह्मणवाद, जातीवादी, एकाधिकारवादको अन्त्यको लागि सुदूरपश्चिम देखि सुदूरपूर्वसम्म कुर्लेर हिड्नुभयो ।   त्यसैको फलस्वरुप नेपालमा रहेको आदिवासी जनजाती समुदाय विस्तारै विस्तारै आफ्नो जातीय हक र अधिकार एवं राजनैतिक सत्ता प्राप्तीको लागि जुरमुराउन थाले ।

नेपालकै सबै क्षेत्रबाट खपाङ्गीको उक्त विचार बाट प्रभावित भएर आदिवासी जनजातीहरुको संगठन र प्रभाव विस्तारै सिंहदरवार तर्फ लम्कदै गरेको यहाँका जातीवादी शासकहरुलाई पाच्य , सह्य भएको थिएन । २०४६ सालको आन्दोलन पश्चात नेपालमा भित्रिएको बहुदलिय व्यवस्था मार्फत खपाङ्गीले संघियता, धर्मनिरपेक्षता एवं सत्तामा सबै जातीको समानुपातिक राजनीतिक प्रतिनिधित्व हुनुपर्दछ भनी सुतेर बसेका आदिवासी जनजातीलाई उठाउँदा यहाँका जातीवादी शासकहरुले खपाङ्गीलाई साम्प्रदायिकताको बिल्ला भिराउने गर्थे ।

बर्षौ बर्ष सम्म खपाङ्गी साम्प्रदायिकताको तिरलाई एक्लै छेक्दै, रोक्दै साहसिक रुपमा अगाडि बढिरहे । जुनबेला खपाङ्गीले उठाएको बिचार समानुपातिक प्रतिनिधित्व, संघिय व्यवस्था, धर्मनिरपेक्षता आदि साम्प्रदायिकता हुन्थ्यो , आज त्यही साम्प्रदायिकता विचार सिंगो मुलुकले बोकेर हिडिरहेको छ । किनकी जसको नीति उसकै नेतृत्व भनेझैं समानुपातिक, संघिय, धर्मनिरपेक्ष खपाङ्गीद्वारा नेपालमा पहिलोपटक उद्घोष भएको थियो र सोही व्यवस्था, सिद्धान्त अनुसार मुलुक संचालन हुनको लागी उसकै नेतृत्व आवश्यक पर्दछ ।
तसर्थ आज खपाङ्गीले नेतृत्व गरेर मुलुक हाँक्नु पर्ने बेला जातिवादी, एकाधिकारवादी र ब्राह्मणवादी सोच भएका सत्ताधारीद्वारा कैयौ बर्ष अगाडी देखीनै खपाङ्गीलाई अगाडी बढ्न बाट बन्चित गाराउन थुप्रै पटक षडयन्त्र हरु हुँदैआइरहेता पनि अन्नतः गोत्व २०७० साल वैशाख १२ गतेका दिन संजोग लाफामगरजीको आदिवासी चलचित्र महोत्सव स्थल राष्ट्रिय सभागृहमा सामान्य अतिथिको रुपमा उपस्थित हुन जाँदै गर्नु हुँदा कति वर्ष देखिको प्रयास सो दिनमा दुर्घटना गराउन षडयन्त्रकारीहरु सफल भएका छन् ।
आज ठिक खपाङ्गीलाई दुर्घटना गराइएको भोलि (२०७१ वैशाख १२ गते) १ वर्ष पुग्दैछ । दुर्घटना पश्चात के कति ? आरोह अवरोहहरु आई दुःखहरु झेल्दै आईरहेको कुरा त सर्बविदितै छ । खपाङ्गीको उपचारको लागि जे जति सहयोगहरु भइरहेको छ । सो खपाङ्गीको आदिवासी जनजातीहरु प्रति आफ्नो अमूल्य समय, जीवन अर्पण गरे, त्यसैको प्रतिफल हो भन्नुपर्दछ । अझै पनि खपाङ्गीलाई पूर्ववत अवस्थामा पुर्याउन धेरै नै तपाई हाम्रो सहयोगको आवश्यकता छ । तसर्थ आदिवासी जनजातीहरुको मियो समाजवादी नेता खपाङ्गीको पूनः पूर्ण स्वास्थ्य लाभको कामना गर्दै पहिलोकै खपाङ्गी फेरी तपाई हाम्रो माँझमा आउनुहुनेछ भन्ने आशा र विश्वास व्यक्त गर्दछ । धन्यवाद । जय आदिवासी जनजाती ।

कोई टिप्पणी नहीं: