गुरुवार, 24 जुलाई 2014

शिक्षकले कुटेपछि छात्राको आँखामा ७ टाँका (भिडियोसहित)

दाङ, श्रावण ८ । दाङको घोराही नगरपालिका–४ चौघेरामा रहेको मनकामना बोर्डिङ स्कुलमा पढाउने एक शिक्षकको लापरबाहीले एक बालिकाको आँखाको ज्योति गुम्नसक्ने देखिएको छ ।
शिक्षकको पिटाइका कारण कक्षा ७ मा अध्यनरत चौघेरा निवासी १२ वर्षीया रसीयाली बुढाले आँखाको ज्योति गुमाउने स्थिति उत्पन्न भएको हो । गत आषाढ १८ गते ‘लोटस’ विषय पढाउन गएका शिक्षक सोम पौडेलले ‘अक्षर राम्रो लेखेनौ’ भनेर सबै विद्यार्थीहरुलाई सामूहिक रुपमा लाइन लगाएर हरियो छडी प्रयोग गरी पिट्न सुरु गरे । त्यही क्रममा रसीयालीको आँखामा छडी लाग्नपुग्यो र उनी बेहोस भइन् । (imagekhabar)

कोई टिप्पणी नहीं: