मंगलवार, 29 जुलाई 2014

मोटरसाइकल दुर्घटनामा ३ जनाको मृत्यु..

विराटनगर, साउन १३ – मोरङमा भएको दुईवटा मोटरसाइकल दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।
सोमबार साँझ सोराभागमा को १८ प २६७० नम्बरको मोटरसाइकल कल्भर्टमा ठोक्किदा दुईजनाको  र भारतीय मोटरसाइकलको ठक्करबाट अर्का एक जनाको ज्यान गएको हो । 
रंगेलीबाट विराटनगर आउँदै गरेको मोटरसाइकल सोराभागमा कल्भर्टमा ठोक्किदा आमगाछी ३ का २१ वर्षका धर्मेन्द्र मुखिया र २२ वर्षका रञ्जित नुनियाको ज्यान गएको प्रहरीले जनाएको छ ।
 यस्तै सोमबार राती पूर्वपश्चिम राजमार्गमा भारतीय मोटरसाइकलको ठक्करबाट ज्यान गुमाउनेको भने परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक भारत सिलगुडीका सुरजकुमार लिम्बु र पछाडी बसेका बिक्रम सार्की घाइते भएका छन् । उनीहरुलाई प्रहरीको निगरानीमा पथरी अस्पतालमा उपचार भइरहेको छ ।

कोई टिप्पणी नहीं: