गुरुवार, 24 जुलाई 2014

हिलो सडकमा रातारात कालोपत्रे २६ लाखको १५० मिटर सडक १२ दिनमा भत्कियो

दिनेश श्रेष्ठ बुटवल, ८ साउन । बुटवल नगरपालिकाका अगाडी हाटबजार लाइन को सडक निर्माणमा लार्पबाही भएको छ। निर्माण सम्झौताको म्याद सकिए पछि पीच (कालेपत्रे) गरिएको सडक निर्माणमा लार्पबाही गरिएकाले तीन महिना पनि नचल्ने सडक अनुगमनका लागि गठित अनुगमन समितिले जनाएको छ ।
आर्थिक वर्ष सकिएपछि साउन २ गते हतारहतारमा सडक पीच गरिएको थियो । ‘पानी परेको बेला हिलो माथि गरिएको पीच पनि टिक्छ ?, अनुगमन समितिका एक सदस्यले नाम उल्येख नगर्ने सर्तमा भन्नुभयो–‘तीन महिनाभन्दा बढी टिक्दै टिक्दैन ।’ पीच गरेको दुई दिन बित्न नपाउदै सडकको पीच पानीले बगाएको उहाको भनाई छ । ‘नगरपालिकाका इन्जिनियरहरुले दैलो अगाडीको सडक निर्माणमा चरम लार्पबाही गरेका छन्,–उहाले दाबिका साथ भन्नुभयो । नगरपालिकाको गेटदेखि काठेपुल (टेलिकम अगाडी) सम्म ७ सय मिटर सडक पीचका लागि बुटवल नगरपालिकाले लोहोनी एण्ड ब्रदर्श एनबि जेबी कम्पनीसंग ३६ लाख ९ हजारको सम्झौता गरेको थियो । सम्झौता अनुसार असार मसान्तभीत्र सडक पीच गरिसक्नुपर्ने हो । तर आर्थिक वर्ष सकिए पछि उक्त कम्पनीले पानी परेको हिलो सडकमा रातारात पीच गरेको थियो । सडक निर्माण योजना हेरेका नगरपालिकाका जुनियर इन्जिनियर ज्ञानप्रसाद अर्यालले पानी परेको समय भए पनि तापक्रम मिलाएर पीच गरिएको दाबि गर्नुभयो । ‘बर्खा भएकाले सडक ओभानो भएको थिएन, त्यसैले सर्बसाधारणले हिलोमा पीच भयो भने, उहाले दाबि गर्दै भन्नुभयो–पानी परेको भए पनि तापक्रम मिलाएर सडक पीच भएको छ ।’ आर्थिक वर्ष भित्रनै सकिसक्नुपर्ने सडक चाडै पानी परेको र निर्माण कम्पनीले निर्माण मेसिन ल्याउन नसक्दा ढिलाई भएको उहाको भनाई थियो ।
सडक पीच गर्ने मेसिन सेटिङ गर्नका लागि तीन महिना लागेको उहाले बताउनुभयो । त्यहाँका उपभोक्ताहरुले इन्जिनियरहरुले कमिसन पाएकाले गतल काम हुदा समेत वास्ता नगरेको आरोप लगाएका छन् । सडकमा लेवल नमिलेको, बनाउदाको अर्काेदिन नै पीच पानीले बगाएको अवस्थामा पनि नगरपालिका मौन बसेको उनीहरुको भनाई छ । हाटबजारमा साइकल पसल गर्ने उपभोक्ता राजु लिगलले सडक तीन महिनाभन्दा बढी नटिक्ने बताउनुभयो । ‘सडक निर्माणको लागि चाहिने मापदण्ड पुरा भएको छैन, ४ सेमि पीच हुनुपर्नेमा २ सेमी पनि छैन, उहाले भन्नुभयो–यस्तो सडक बनाउदा पनि नगरपालिका चुप बसेको छ ।’ नगरपालिकाले उच्च क्वालिटीको सडक बनेको बताए पनि सि ग्रेडको पनि सडक नबनेको उहाको दाबि छ । नगरपालिका तथा निर्माण कम्पनीले सडकt निर्माण बारे अनुगमनका लागि गठित अनुगमन समितिलाई पनि जानकारी नदिएको अनुगमन समितिका संयोजक अनुपम श्रेष्ठले बताउनुभयो । ‘सडक निर्माणमा रेखदेख गर्ने भन्दै समिति बनायो तर हामीलाई जानकारी नै दिएन, उहाले भन्नुभयो । सडकबारे जानकारी नै नदिए पछि अनुगमन समिति नगरपालिकामा समेत पुगेको थियो । समितिलाई नगरपालिकाले त्यहाँ रहेको पुरानो पीचलाई फालेर नयाँ सामान राखि पीच गरिने बताएको थियो । ‘तर त्यस्तो भएन, उहाँले भन्नुभयो–पीच कोतारियो, खाल्डामा ढुंगा राखियो अनि पीच गरियो ।’ बुटवल नगरपालिकाका इन्जिनियर गौतम रौनियारले पहिले भएको पीच माथि लोभरल्यापिङ गरेर पीच गरिएको बताउनुभयो । निर्माण पछि भत्किएको स्थानमा फेरि बनाउन निर्माण कम्पनीलाई आग्रह गरिएको उहाँले जानकारी दिनुभयो । ‘बदमासी गरेको स्थानमा उक्काएर फेरि बनाउन लागएका छौं, उहाले बताउनुभयो । निर्माण कम्पनीले उक्काएर निर्माण गरेको छैन् । सो सडकमा निर्माण भएको एक हप्ता नहुदै खाल्डा परेको छन भने भत्किन शुरु भएको छ । सम्झौता अनुसार अझै करिव एक सय मिटर सडक पीच गरिएको छैन । ‘अहिले नगरी नहुने सडक पीच गरिएको छ, छुटेको सडक पछि निर्माण हुन्छ, जुनियर इन्जिनियर अर्यालले भन्नुभयो । काठेपुलको सडकलाई उठाउने कुरा भएकाले पनि केही सडक पीच नगरिएको उहाँको स्पष्टोक्ती थियो । त्यहाँका उपभोक्ताहरुले सडक निर्माणमा लार्पबाही भएकाले त्यसको छानविन हुनुपर्ने माग गरेका छन् । नगरपालिकाले लागत स्टिमेटको रकममा करिव ४४ प्रतिशत घटाएर निर्माणका लागि स्विकृति दिइएको थियो । स्थानीयले इन्जिनियरहरुले कमीसन पाएकाले कमजोर सडक निर्माण हुदा पनि चासो नदिएको बताएका छन् । अनुगमन समितिका संयोजक श्रेष्ठले नगरपालिकासंग पटकपटक छलफल हुन खोज्दा पनि हुन नसकेको र अनुगमन समितिलाई चासो नदिएको बताउनुभयो । ‘हामीलाई फसाउने त होइन भनेर नपामा प्रश्न पनि गरेका थियौ, उहाले भन्नुभयो । नगरपालिकाले देविनगरको वाणिज्य क्याम्पस जाने सडक र हाटबजारको सडकलाई एक मुष्ट रुपमा टेण्डर गरी १ करोड २२ लाखमा निर्माण सम्झौता गरेको थियो । दुई सडकको लागत स्टिमेट भने १ करोड ८७ लाख हो । देबिनगर जाने ५ सय मिटर सडक ८६ लाखको लागतमा निर्माण गरिएको छ । २७ लाखको डेढ सय मिटर सडक १२ दिनमा भत्कियो बुटवल नगरपालिकाले बुटवलको इट्टाभट्टी लाइनमा निर्माण गरेको सडक निर्माण भएको १२ दिन नबित्दै भत्किएको छ । नेपालगञ्ज रोडदेखि कालिकामन्दिर जाने सडक सहित १ सय ५० मिटर सडक २६ लाख ८६ लागतमा निर्माण गरिएको हो । बुटवल नगरपालिकाका सब इन्जिनियर ज्ञानप्रसाद अर्यालले असारको २२ गतेतिर सडक निर्माण सकिएको बताउनुभयो । तर त्यो सडक साउन लाग्न नपाउदै भत्किएको छ । सडकको बीच भागबाट कालोपत्रे उक्किएर पुरानो सडक जस्तै भएको छ । नगरपालिकाले सो सडक निर्माणको लागि जनसेवा सक्ट्रक्सनसंग सम्झौता गरेको थियो । ‘पीच गर्दाको दिननै गाडि हिडेकाले सडक भत्किएको हो, सव इजिन्नियर अर्यालले सडक भत्किनुको कारण खुलाउदै थप्नुभयो–सिन्दुर होटलको पानी खसेकाले केही स्थानमा खाडल परेको छ ।’ नगरपालिकाको नियमानुसार सडकमा पानी खसाल्नेलाई ५ सयदेखि एक हजारसम्म जरिवान हुने छ । अर्यालले भने कारबाही नभई पानी सडकमा नखसाल्न आग्रह गरिएको बताउनुभयो । त्यहाका उपभोक्ताले पीचका नाममा अलकत्र मागि अलिअलि गिटी राखिएकाले पानीले बगाएको बताएका छन् । ‘राम्रोसंग बनाइएकै थिएन, एक साता नपुग्दै सबै उक्किएर उस्तै भयो, एक उपभोक्ताले भने । सडकछेउमा पोखिएको अलकत्र नहट्दै सडक भत्किएको उपभोक्ताहरुको भनाइ छ । नगरपालिकाका इन्जिनियर गौतम रौनियारले भत्किएको सडक पूर्न निर्माणका लागि निर्माण कम्पनीलाई आग्रह गरिएको बताउनुभयो । ‘हामीले भत्किएको स्थानमा निर्माण गर्न भनेका छौं, उहाले भन्नुभयो–केही दिनमा मर्मत हुन्छ ।’ बुटवल नगरपालिकाले निर्माण गरेका अधिकांश सडकहरु निर्माण भएको केही समयमै भत्किने गरेका छन् । हिलपार्क जाने सडक, इटाभट्टीदेखि तिनकुने जाने सडकहरुको अवस्था दयनीय रहेको छ । उपभोक्ता समितिहरुले निर्माण गरेको सडक भने केही सुधारात्मक भएको जानकारहरु बताउछन् । निर्माण सम्बन्धी जानकारहरु नगरपालिकाका इन्जिनियरहरुले बढीमा ठेक्का दिने अनि कमसल सामाग्री प्रयोग गरी निर्माण गराएर मोटो रकम खाने गरेको बताउछन । उपभोक्ताहरु मार्फत निर्माण गरिएका सडकहरु कम लागतमा निर्माण हुने गरे पनि केही टिक्ने गरेका छन् ।

कोई टिप्पणी नहीं: