बुधवार, 30 जुलाई 2014

कुवेतमा सडक दुर्घटना, २ नेपालीको मृत्यु

नबराज पन्थी कुवेत, सावन १४। कुबेतमा भएको सडक दुर्घटनामा परी २ नेपालीको मृत्यु भएको छ ।
२ जना गम्भीर घाइते भएका छन् । अब्दुल अल रसिद कम्पनीमा कार्यरत कामदारहरुको गाडी डिउटी जाने क्रममा अब्दुला सालिम भन्ने ठाउँ नजिकै दुर्घटना भएको हो । मंगलबार बिहान कम्पनीका कामदारहरु सवार उक्त गाडीलाई अर्को गाडीले ठक्कर दिएपछि ठुलो दुर्घटना हुन पुगेको थियो। ज्यान गुमाउनेहरुमा पाल्पा घर भएका गाडी चालक विजय बहादुर बिश्वकर्मा र उक्त गाडीमा रहेका पाल्पा कै लेख बहादुर ठाडाको घटनास्थल मै ज्यान गएको छ। सक्त घाइते भएका स्याङ्जाका नगेन्द्र मानन्धर मुबारक हस्पिटलमा र अर्का घाइते पाल्पा घर भएका केसरसिंह रानाको अमेरी हस्पिटलमा आईसियुमा राखी उपचार गराउदै गरेको कुरा घाइते नगेन्द्रका मामा केशर श्रेष्ठले जानकारी दिए । ५ जना सवार रहेको उक्त गाडीमा ४ जना नेपाली र एक जना बंगाली नागरिक रहेको बुझिएको छ । जसमा बंगाली नागरिकको समेत घटना स्थल मै मृत्यु भएको थाहा भएको छ। मृतक र घाईतेहरुलाई गाडी नै काटेर कस्टपुर्वक तरिकाले निकाल्नुपरेको प्रत्यक्षदर्शीले बताएका छन । यद्यपी इदको सार्वजनिक बिदा भएको कारण नेपाली दुताबास कुबेतले दुर्घटनाको आधिकारीक प्रमाणित गर्न बाकिँ छ।

कोई टिप्पणी नहीं: