गुरुवार, 24 जुलाई 2014

'११६ जनासहित हराएको बिमान दुर्घटनाग्रस्त'

अल्जेरिया (रोयटर्स ), श्रावण ८ - बिहीबार बुर्किना फासोबाट अल्जेरियाको लागि उडेको बिमान दुर्घटनाग्रस्त भएको अल्जेरियाली उड्ययन अधिकारीले बताएका छन् । फासोबाट उडेको ५० मिनेटपछि बिमान सम्पर्कबाहिर भएको थियो । बिमानमा ११० यात्रु र ६ चालक दलका सदस्य थिए ।
Air_Algeria'म निश्चय गर्न सक्छु कि बिमान दुर्घटनाग्रस्त भएको छ', नाम नखुलाउने शर्त र बिमानको दुर्घटनाबारे थप जानकारी नदिने शर्तमा एक अल्जेरियन अधिकारीले रोयटर्सलाई भन । एयरलाईन्स अधिकारीका अनुसार यात्रुमध्ये आधा फ्रान्सेली नागरिक हुन् । फ्रान्सेली सैनिक अधिकारीका अनुसार बिमान खोज्नको लागि फ्रान्सले दुई फाइटर जेट बिमान पठाएको छ । उक्त फाइटर बिमानले गणतन्त्र मालीको सिमाना नजिकै बिमान दुर्घटना भएको आशंकमा खोजी गरिरहेको छ ।
अल्जेरियाको सरकारी समाचार समिति एपीएसले बुर्किना फासोबाट बिमान उडेको एक घण्टापछि सम्पर्कबिहीन बनेको बताएको छ । तर, अन्य अधिकारीहरुले फरक फरक समय बताएका छन् । एयर अल्जेरियाले सञ्चालन गरेको स्पेनी कम्पनी स्वीफ्टएर बिमान यो साता दुर्घटना भएको तेस्रो बिमान हो। गणतन्त्र मालीमा रहेका एक अधिकारीका अनुसार मालीका उत्तरी क्षेत्रमा गएराति शक्तिशाली आँधी आएको थियो जुन रुट हुँदै बिमान उड्नुपर्ने थियो । यो साता लगातार भएको बिमान दुर्घटनाले हवाई कम्पनीको यात्राको गम्भीर चुनौति खडा गरेको छ । गत हप्ता मात्रै युक्रेनमा बिद्रोहीहरुले २९८ जनाको ज्यान जाने गरी मलेसियन एयरलाईन्सको बिमानलाई खसालेका थिए ।
हिजो मात्रै ५८ यात्रु बोकेको ट्रान्सीया एयरवेजको बिमान ताइवानमा दुर्घटना भएको थियो । बुर्किना फासोमा रहेको एयर अल्जेरियाका प्रतिनिधि कारा टेर्कीका अनुसार सबै यात्रुहरु यूरोप, मध्य पूर्वी देश वा क्यानडा जानका लागि उडेका थिए । बिमानमा ५० फ्रान्सेली, २४ बुर्किनाबी, ८ लेबनानी, चार अल्जेरियाली, दुई लक्जेमबर्ग, एक बेल्जियम, एक स्वीस, एक नाइजेरियन, एक क्यामरुनी, एक युक्रेनी र एक रोमानियाका नागरिक थिए । स्पेनी पाइलट युनियनले दिएको जानकारी अनुसार चालक दलका सबै सदस्य स्पेनी नागरिक हुन् ।

कोई टिप्पणी नहीं: