शुक्रवार, 25 जुलाई 2014

मुख्यसचिव परिवर्तनको हल्ला निराधारः गृहमन्त्री

काभ्रे, श्रावण ९ - उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले मुख्य सचिव परिवर्तन गर्ने हल्ला निराधार भएको बताएका छन् । उनले कसैको चरित्र हत्या गर्ने किसिमले त्यस्तो प्रचार गरिएको आरोप लगाए ।
bamdev'गृहमन्त्रीले मुख्य सचिव परिवर्तन गर्दैछ भन्ने हल्ला गराइएको छ,' काभ्रेमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने-'त्यो पदलाई चलाउने म, मुख्य अधिकारी होइन । र, अहिले मुख्य सचिव परिवर्तन गर्न जरुरी पनि छैन । धुलिखेलमा आयोजना गरिएको मध्यमाञ्चल सुरक्षा भेलालाई सम्बोधन गर्न गौतम यहाँ आएका हुन् ।
उनले अहिलेको प्रहरी नियमावलीले एआईजी बढुवामा समस्या आएको भन्दै अब छिट्टै उपयुक्त विधि र प्रक्रिया अपनाएर बढुवालाई कार्यान्वयन गरिने बताए । उनले नेपाल प्रहरीमा थप २० हजार जनशक्ति आवश्यक रहेको भन्दै त्यसका लागि गृहमन्त्रालय गृहकार्य गरिरहेको जानकारी दिए ।
अर्को प्रसंगमा उनले नेपालको जलस्रोत अरुले मात्रै उपभोग गर्ने गरी कुनैपनि शक्तिसँग सम्झौता नगरिने बताए ।

कोई टिप्पणी नहीं: