शुक्रवार, 25 जुलाई 2014

पारसलाई सम्झिएर विरक्तिए ज्ञानेन्द्र

हिमानी र पारसबीच कानुनी सम्बन्ध मात्रै बाँकी
मात्रिका पौडेल ९ साउन, काठमाडौं । राजतन्त्रवादीहरुले देशमा पुनः राजतत्र फर्काउँछौं भन्दै पार्टी खोल्न लागेका बेला पूर्वराजा ज्ञानेन्द्र भने आफ्नो छोराको र ज्वाइँको व्यवहारका कारण दुःखी बनेका छन् । पत्नी कोमलको स्वास्थ्य कमजोर हुँदै गएको छ । छोरा पारसको घरबार बिग्रिएको छ । बुहारी हिमानीको मनोदशा देखेर ज्ञानेन्द्र थप चिन्तित बनेेका छन् । ज्ञानेन्द्रकी एकमात्र छोरी प्रेरणाको पनि घरबार राम्रोसँग चलेको छैन । ज्वाइँ राजबहादुरले शारीरिक एवं मानसिक यातना दिने गरेको बताइन्छ ।
gynendra--shah यी सबै दुख र पीडाबाट निराश बनेका पूर्वराजा ज्ञानेन्द्र अचेल नाति नातिना सँग रमाउने गरेका छन् ।
पारस काठमाडौं आउँदै 
पूर्वयुवराज पारस शाहलाई निर्मल निवास भित्र्याउन उनका बालसखा राजु सिंह बैंकक पुगेका बेला पूर्वराजा ज्ञानेन्द्रले पारस निकट व्यक्तिहरुलाई समेत निर्मल निवासमा प्रवेश निषेध गरेका छन् । निर्मल निवासनिकट स्रोतका अनुसार पारसलाई नेपाल ल्याउन र उनको आडमा राजनीति गर्न खोज्नेहरुलाई पूर्वराजाका साथै पारसकी पत्नी पूर्वयुवराज्ञी हिमानीले रुचाउन छाडेका हुन् । पारसलाई पूर्वराजाको जन्म दिनमै नेपाल ल्याउनका लागि किशोरी महतो, जगत गौचनलगायतका राजावादीहरुले प्रयास गरेका थिए । तर, त्यतिबेला पनि पूर्वराजा तथा हिमानीकोका कारण उनीहरुको प्रयास असफल भएको थियो ।
तर, अहिले पारसको प्रवेशाज्ञा सकिएर नेपाल र्फकनै पर्ने भएकाले उनलाई लिन उनका साथी राजु सिंह बैंकक पुगेका हुन् । दरवारनिकट स्रोतका अनुसार पारसलाई निर्मल निवासमा स्वागत गर्न उनका बाबु आमा र श्रीमती समेत चाहँदैनन् ।

parasपारसलाई निर्मल निवास भित्र्याउन चाहने किशोरी महतो, जगत गौचन, सुनिल खड्का, राजु सिंहहरुलाई अचेल पूर्वराजाले निर्मल निवासमा निषेध गरेको एक सहयोगीले बताए । ‘उनीहरुले बाहिर राजाका मान्छे हौं भनेर हिडे पनि पारसको लागि चाहिनेभन्दा बढि चाकडी गरेको पूर्व राजपरिवारलाई मन परेको छैन’ निर्मल निवास स्रोतले भन्यो ।
 क-कसले गर्दैछन् पारसलाई स्वागत ? 
स्रोतका अनुसार लोककल्याणकारी जनता पार्टी, श्रीराम हनुमान मण्डल, २०४७ सालको संविधान पुनस्र्थापना हाम्रो अभियान नामका बिभिन्न पार्टी र संस्थाहरुले पारस नेपाल आउँदा तामझामका साथ स्वागत गर्ने तयारी गरेका छन् । पारसको स्वागत नागरिकस्तरबाटै गर्ने तयारी भइरहेको लोककल्याणकारी जनता पार्टीका अध्यक्ष किशोरी महतोले बताए । ‘आउने दिन तय नभए पनि भिसा सकिएका कारण उहाँ चाँडै आउनुहुन्छ र निर्मल निवासमै भित्रिनुहुन्छ’ महतोले अनलाइनखबरसँग भने ‘हामी उहाँको प्रतिक्षामा छौं’ । महतोले निर्मल निवासमा आफूहरुलाई निषेध गरेको बारेमा केही बताउन चाहेनन् ।
पारस आउने, ज्ञानेन्द्र जाने
पारस आउने तय भएलगत्तै पूर्वराजा ज्ञानेन्द्र श्रीमती कोमलसहित नागार्जुनस्थित ‘सरकारी दरबारमा’ जाने भएका छन् । ‘हिमानीसमेत निर्मल निवासमा बस्न चाहान्नन् । तर, पारस आउनुअघि नै निर्मल निवास छाड्दा नकारात्मक सन्देश जाने भएकाले उनी चुपचाप छिन्’ हिमानी ट्रष्टका एक पदाधिकारीले भने । सम्भवतः आउँदो सोमबारसम्म साइत हेराएर पूर्वराजा नागार्जुृन जानेछन् । उनी पारस आउँदा निर्मल निवासमा बस्न चाहँदैनन् । ‘पूर्वराजारानी सरकारले दिएको सुबिधा उपयोग गर्दै पारसलाई छल्न नागार्जुन जान लाग्नुभएको हो’ पूर्वराजाका एक सहयोगीले भने ‘हिमानी बच्चाहरुको पढाइका कारण जानुहुन्न’ ।
हैरान हिमानी
निर्मल निवासस्रोतका अनुसार पारस र हिमानीको सम्बन्ध अब कानुनी रुपमा मात्रै बाँकी छ । पारससँग हिमानी अलग भएको लगभग चार वर्ष भइसकेको छ । उनी बच्चाहरुलाई समेत पारसको छत्रछायाँबाट टाढा राख्न चाहान्छिन् । ‘उनलाई अहिलेसम्म आडभरोसा भनेकै ससुराबाट प्राप्त भएको छ । उनी पारससँगको सम्बन्ध एक दिन पनि राख्न चाहान्नन्’ हिमानी ट्रष्ट स्रोतले भन्यो । पूर्वराजपरिवार सदस्य भएका कारण मात्र हिमानीले पारससँगको कानुनी सम्बन्ध व्यहोर्नुपरेको उनका निकटवर्तीहरु बताउँछन् । ‘पारस थाइ प्रेमिकासहित बैंककमा बस्न थालेपछि हिमानीको पारससँगको भावनात्मक सम्बन्ध सकिएको हो । अब कानुनी सम्बन्धमात्रै बाँकी छ’ स्रोतले भन्यो ।
फेरि बैंकक फर्कने
पारस केही समयका लागि मात्रै नेपाल आउन लागेको स्रोतले जनाएको छ । उनी भिसा अवधि सकिएकाले औपचारिकताका कारण आउन लागेको महतोले बताए । ‘उहाँ एक्लै आउनुहुन्छ, थाई प्रेमिका आउनै छैनन्’ उनले भने’हिमानी सरकारको मुड के छ हामीलाई थाहा भएन’ ।  

कोई टिप्पणी नहीं: