गुरुवार, 24 जुलाई 2014

केशवराजको ''आँशु भाग दुई'' बजारमा आउदै

यम सोमै, कारिकोट श्रावण ८- लोक सँगित को खानी भनेर स्याङ्जा जिल्लाई चिनिन्छ। देशका चर्चित कलाहरु राम जी खाँड , खुमन अधिकारी , भगवान भण्डारी, पुरुषोत्तम न्यौपाने जस्ता  लोक कलाकार हरु पनि स्याङ्जामा नै जन्मिएका हुन। 
लोक कलाकारहरुको भिडमा लय तथा सब्द सँकलन  अनि लोक गायकको रुप मा स्थापित गराउने क्रममा हाम्रा कारीकोट -६ (बर्तुंग) निवासि केशव राज न्यौपाने पनि एक हुनुहुन्छ। अनलाईन खबर कालीपार दर्पण सँग कुरा गर्दै उहाँले हालसम्म करीब दुई दर्जन जती गितहरुमा लय तथा सब्द सँकलक गर्नु भएको जानकारी गराउनु भएकोछ। उहाँले लय तथा सब्द सँकलन गर्नु भएको गित "आँसु भाग एक" साईड बि को गित तिम्रो लागी के गरिन मैले गितले चर्चाको शिखर चुमेको थियो। यो गित करीब ६०००० पटक सि आर बि टी,पि आर बिटि मा डाउनलोड भएको थियो। यो गितमा कारीकोटकै चेलि इन्दिरा लुँगेली मगरले खुमन अधिकारी सँगै आफ़्नो सुमधुर स्वर भर्नु भएको थियो। यो गित बिनदबासीनि म्यूजीक अवार्डमा समेत नोमिनेशनमा परेको थियो।
सब्द लय सँकलक तथा गायक न्यौपाने अनुसार अब छिट्टै नै "आँसु भाग दुई" बजार मा आउने तयारी मा रहेको बाताउनुभएको छ। तिज सम्बन्धि गित कार्य ब्यस्तता ले यो पाली छिट्टै बजारमा ल्याउन नसकिएको बताउनुभएकोछ। उहाँ हाल नेपाकै चर्चित दैनिक पत्रिका नागरिकमा कार्यरत हुनुहुन्छ। साथै अध्द्यनमा एम ए तहको यात्र पुरा गर्नु भएको छ।

कोई टिप्पणी नहीं: