बुधवार, 30 जुलाई 2014

हृतिक रोशन र सुजैन डिभोर्स छ अर्बको !

काठमाडौ, श्रावण १४ - बलिउडमा नायक हृतिक रोशन र सुजैन खानबीचको जोडीलाई गत वर्षको डिसेम्बरमा डिभोर्स हुनु अघिसम्म पनि राम्रो मानिन्थ्यो। सुझबुझपूर्ण दाम्पत्य जीवन बिताइरहेका ठानिएका हृतिक-सुजैनले एकाएक डिभोर्सको समाचार सार्वजनिक गरेपछि सुन्नेहरू अवाक् भए। पहिले कहिल्यै मनमुटाव वा झैझगडाका खबर नआईकनै एकैपटक दुई सन्तानका अभिभावक अलग्गिने भन्ने निर्णयले धेरैका मनमा प्रश्न उब्जाएको थियो। जुन आठ महिना बित्न लाग्दा पनि स्पष्ट हुन सकेको छैन।
hritik roshan बालसखासमेत रहेका यी दुईले लभ म्यारिज गरेका थिए। जुन १४ वर्षमै टुंगियो। सम्बन्धविच्छेद हुनुमा हृतिकले घरपरिवारलाई पर्याप्त समय नदिएको र पत्नी सुजैनलाई बेवास्ता गरेकोले डिभोर्सको स्थिति निम्तिएको लख काटिएको छ। त्यसो त अर्काखाले व्यक्तिहरू सुजैनको नायक अर्जुन रामपालसँगको हिमचिमले हृतिकसँग फाटो आएको पनि मान्छन्। जेहोस्, अब डिभोर्स भइसकेको छ। दुई पुनः एक हुने सम्भावना टरेको छ।
टाउको दुख्ने रोगले ग्रसित हृतिकलाई यतिबेला भने नयाँ विषयले टाउको दुखाएको छ। सुजैनले डिभोर्सबापत हृतिकसँग चार अर्ब भारु डिमान्ड गरेकी छन्। हृतिक डिभोर्सको प्रक्रिया चल्दासम्म पनि सुजैनलाई फकाउने प्रयासमै थिए। तर सफल हुन सकेनन्। पछिल्लोपटक उनीहरू द्वय छोराको बर्थडे पार्टीमा सँगै देखिएका थिए। तर अब भने सम्बन्धविच्छेद अर्थ बाँडफाँडमा पुगेको छ। हृतिकले सुजैनलाई ३ अर्ब ८० करोड भारुसम्म दिन राजी भइसकेका छन्। तर कुरा २० करोडमा अडिएको छ। इन्टेरिअर डिजाइनर सुजैनले शाहरूख खान पत्नी गौरीसँग मुम्बईमा व्यावसायिक साझेदारी गर्दै आएकी छन्।

कोई टिप्पणी नहीं: