मंगलवार, 29 जुलाई 2014

प्रहरी जवानकै घरबाट एक किलो सुन बरामद

उज्यालो, कपिलवस्तु साउन १३ - नेपाल प्रहरीमा कार्यरत प्रहरी जवानको घरबाट एक किलो सुन बरामद भएको छ । जिल्लाको बुढ्ढी गाविस वडा नं. १ घर भएका प्रहरी जवान भागीराम थारुको घरबाट  सुन बरामद भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौं मातहतमा कार्यरत प्रहरी जवानको घरमा काठमाडौं र कपिलवस्तुको संयुक्त प्रहरी टोलीले छापा मार्दा यो सुन बरामद भएको छ । घर किनारको शौचालय नजिकै गाडेर राखेको अवस्थामा सुन बरामद भेटिएको हो । बरामद भएको सुन प्रहरी परिसर काठमाडौं लगिएको छ । सुन लुकाएर राख्ने प्रहरी जवान थारु प्रहरी नियन्त्रणमा रहेका छन् । थारुले त्यो सुन कसरी र कहाँबाट ल्याएर किन लुकाए भन्ने बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

कोई टिप्पणी नहीं: