बुधवार, 20 अगस्त 2014

आलुको मुल्य आकाशियो, दोव्बर भन्दा बढि बढ्यो

गोपाल झापाली, झापा-४ भदौ । तरकारीका लागी दैनिक उपभोग हुने आलुको मूल्य विगतका वर्षहरु भन्दा यस वर्ष उच्च बन्न पुगेको छ । तरकारीमा बहुउपयोगी मानिने गरेको आलुको मुल्य झापाका बजार चुलीदै गएको हो । सवै तह वर्ग र समुदायका मानिसहरुले उपभोग गरीने र अन्य तरकारी संग मिसाएर उपभोग गर्न सकिने भएकाले पनि बजारमा आलुको माग उच्च हुने गरेको छ । दिन प्रतिदिन आलुको मुल्यमा भारी बृद्धिहुदै जादा यसको सोझो असर उपभोतmाहरुमा परेको छ । अघिल्ला वर्षको भदौ महिनाको तुलनामा यस वर्षमा आलुको मुल्यमा सतप्रतिशत बृद्धिभएको पाईएको छ ।
आलुको मुल्य आकाशियो, दोव्बर भन्दा बढि बढ्योअघिल्ला वर्षको यो सिजनामा रातो आलुको थोक मुल्य १७ रुपैया ५० पैसा रहेकोमा यसवर्ष भने बजारमा सोहि आलुको मुल्य थोकमा ३६ देखी ३७ रुपैया प्रतिकिलो पुगेको व्यवसायीहरुले बताएका छन्।त्यसैगरी अघिल्लोवर्षमा बजारमा प्रति किलो थोकमा १४ देखी १५ रुपैयामा विक्रिहुने गरेको सेतो आलु यसवर्ष ४० रुपैया प्रतिकिलो पुगेको तरकारी तथा फलफूल व्यवसवायी संघ दमकले जनाएको छ । 
  भुटानबाट आउने नया“ आलुको भाउ समेत उच्च हुदा थोक मुल्यमानै प्रतिकिलो ४८ रुपैया पुगेको छ । नेपालको पुर्वी बजारमा भारतको कलकत्ताबाट आलु भित्रिने गरेको व्यावसायिहरुले बताएका छन । अघिल्लो वर्ष आलुका लागी मौषम अनुकुल नवन्दा उत्पादनमा आएको कमिका कारण हाल बजारमा आलुको मुल्य उच्च हुदै गएको दमक तरकारी तथा फलफुल व्यावसायी संघका सदस्य सन्तोष शाहले बताए ।
आन्तरिक उत्पादनले बजारको मागलाई आलु उत्पादनको समयमा मुश्कीलले तिन महिना सम्म मात्र धान्ने गरेको उनको भनाई रहेको छ । हाल वजारको खुद्रा मुल्य अनुसार सेतो आलु ४० रुपैया, रातो ४५ र भुटानको नया“ आलु ५५ रुपैया प्रतिकिलो विक्रि हुदै आएको छ । दमक लगायत यस आसपासका वजारमा दैनिक ७ टन आलु भित्रिने गरेको व्यावसायीहरुले बताएका छन । वजारमा हालसम्मकै आलुको मुल्यमा भारी बृद्धिहुदा दैनिक २ लाख ५० हजारभन्दा माथिको कारोवार हुने गरेको पाईएको छ । 

कोई टिप्पणी नहीं: