गुरुवार, 21 अगस्त 2014

मध्यपश्चिममा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो

नेपालगन्ज, भाद्र ५ - साताअघिको बाढीपहिरोबाट मध्यपश्चिममा ज्यान गुमाउनेको संख्या एक सय नाघेको छ । बाढी पहिरोमा परी ५५ घाइते छन् भने १ सय २५ जना बेपत्ता छन् ।
dangबाढीपहिरोमा परी बिहीबारसम्म १ सय २ जनाको मृत्यु भएको निमित्त क्षेत्रीय प्रशासक राजकुमार श्रेष्ठले पुष्टि गरेका छन् । २ हजार ६ सय ८३ घरमा पूर्ण क्षति पुगेको र २३ हजार ७ सय ५२ बाढीपीडित विस्थापित भएको उनले बताए । 'भौगोलिक समस्या र स्थानीय संयन्त्र कमजोर हुँदा उद्दार तथा राहत वितरण व्यवस्थापन गर्न कठिनाई भएको हो', क्षेत्रभर उद्दार तथा राहत व्यवस्थापनको समन्वय गर्न नेपालगन्जमा रहेका श्रेष्ठले भने,'राहत वितरणलाई छिटो र व्यवस्थित गर्न लागेका छौ।' अहिले चामल, दाल, नून र तेलसहितको खाद्यान्न प्याकेज वितरण भइरहेको उनले जनाए । 'समन्वय गरेर राहत वितरणलाई जतिसक्दो चाडो पीडितकहाँ पुर्‍याउन लागि परेका छौ',क्षेत्रीय प्रशासक श्रेष्ठले भने ।

कोई टिप्पणी नहीं: