शुक्रवार, 22 अगस्त 2014

नेपालमा लगानी गर्न क्यानेडियन लगानीकर्ता इच्छुक

६ भदौ काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतसँग बिहीबार अर्थमन्त्रालयमा भएको भेटघाटम क्यानेडियन लगानीकर्ताहरुले नेपालमा लगानी गर्ने इच्छा देखाएका छन् । क्यानेडियन लगानीकर्ताहरु लगानीको सम्भाव्यता अध्ययन गर्न नेपाल आएका हुन् ।
Finance-Ministerभेटघाटका अवसरमा अर्थमन्त्री डा. महतले नेपालमा लगानी गर्ने लगानीकर्ताहरुलाई कर छुट दिएर प्रोत्साहन गरिएको जानकारी दिए । एक अर्ब रुपैयाँभन्दा बढी पुँजी लगानीमा स्थापना हुने उत्पादनमूलक उद्योग र  २ अर्ब रुपैयाँभन्दा बढी पुँजी लगानीमा स्थापना हुने पर्यटनसँग सम्वन्धित उद्योगलाई कारोबार शुरु गरेको मितिले ५ बर्षसम्म पूर्णरुपमा र त्यसपछिको ३ बर्षसम्म ५० प्रतिशत आयकर छुट दिएर उद्योगहरुलाई प्रोत्साहन गरिएको बताए । कृषि उर्जा, पर्यटन तथा सडक निर्माणलाई प्रोत्साहन दिइएको चर्चा गर्दै उनले यी क्षेत्रमा लगानी गर्न चाहेमा सरकारले आवश्यक सबै किसिमका सहयोग गर्ने जानकारी दिए ।
नेपालमा लगानी गर्दा दक्षिण एसिया मात्र होइन अमेरिका र युरोपको ठूलो बजार पनि प्राप्त गर्न सकिने उल्लेख गर्दै मन्त्री महतले नेपालमा उत्पादन हुने बस्तुलाई यी क्षेत्रमा भन्सार छुटको व्यवस्था भएकोले उत्पादित बस्तु प्रतिस्पर्धी हुने बताए।उनले केही हप्ताभित्रै काठमाडौं निजगढ द्रुतमार्गको बोलपत्र हुने जानकारी दिँदै त्यसमा सहभागी हुन पनि क्यानाडाका लगानीकर्ताहरुलाई आग्रह गरे ।
क्यानाडाका लगानीकर्ताहरुले आफूहरु बैंक, उर्जा, पर्यटन, फोहोरमैला व्यवस्थापन जस्ता क्षेत्रमा आकषिर्त भएको बताएका थिए । उनीहरुले नेपालमा २५ वर्षमुनिका काम गर्ने जनशक्ति पर्याप्त भएको र लगानीको वातावरण बन्न थालेकोले लगानीका लागि आकषिर्त भएको जानकारी दिएका थिए ।
- See more at: http://www.onlinekhabar.com/2014/08/181873/#sthash.ZFQGNiYk.dpuf

कोई टिप्पणी नहीं: