शुक्रवार, 22 अगस्त 2014

एमआरपीको विवरण वेबसाइटबाटै हेर्न सकिने

भाद्र ६ - मेसिन रिडेबल पासपोर्ट (एआरपी) को लागि आवेदन दिएकाहरुले आफ्नो पासपोर्ट तयार भए नभएको अब वेबसाइटमा हेर्न सक्ने भएका छन् । जिल्ला तथा दूताबासमा पुगेपछि पनि तत्काल जनतालाई राहदानी वितरण नगर्ने गुनासो बढेपछि राहदानी विभागले सबैले हेर्नसक्ने गरि राहदानी आएको र पठाएको सूचि नै वेबसाइटमा राखिदिन थालेको हो ।
 राहदानी विभागका महानिर्देशक रमेश खनालका अनुसार अव राहदानीको अवस्था आवेदक आफैले विभागको वेवसाइटमा हेर्न सक्नेछन ।   परीक्षणको रुपमा मंगलबारदेखि राहदानी कुन जिल्लाबाट कहिले आएको र कहिले फर्काएको भन्ने एकमुस्ट जानकारी राखिएको छ । एक साता भित्र नै सबैको नामसहित नै त्यहाँ राखिने ब्यवस्था गरिने उनले बताए । धेरै जिल्लामा राहदानी उपलब्ध गराउन जनतालाई दुई महिना भन्दा पनि बढी समय लगाउने गुनासो आएपछि विभागले समयमा पठाएको जानकारी दिन त्यस्तो उपाए रचेको हो ।   दुतावासहरुमा पनि तीनदेखि चार महिनामा पनि राहदानी नपाउने समस्या छ । जिल्लाको १४ दिन र मिसनको एक महिना भित्र रहदानी पुगिसकेको हुन्छ । तर पनि किन ढिलाई भन्दै विभागले आफ्नो वेवसाइटमा त्यस्तो सूची राख्न थालेको हो। विभागले राहदानी नबन्नेहरुको के कारणले बनेन समस्या के मा छ समेत भनेर वेवसाइटमा राख्ने ब्यवस्था गर्न लागेको महानिर्देशक खनालले बताए । उनले भने, 'कतिपयको राहदानीको जन्ममिति, हस्ताक्षर फोटो नमिलेर फारम केरमेर भएर बनेको अवस्थामा प्रमाणित नागरिकता शंका लागेर नबनेको पनि छ । यो सबै स्पष्ट राखिदिने ब्यवस्था गर्दैछौ ।'

सर्वसाधारणले सिधै http://dopmofa.gov.np/  गएर त्यो स्टाटस हेर्न सकिने छ । दूतावासको लागि मिसन र जिल्लाको लागि डिस्ट्रिकमा जानपर्ने हुन्छ । अहिले पनि राहदानी विभागमा जिल्ला, मिसन र दोब्बर दस्तुर गरेर दैनिक ६ हजार भन्दा राहदानी तयार हुने गरेको छ ।   सरकारले प्रत्यक्ष फारम भर्ने प्रणाली लागू गर्न नसक्दा जनताहरु अझै पनि दैनिक लामो लाइन लागेर बस्न पर्ने अवस्था रहेको छ । विभागले सन् २०१५ नोभेम्वर २४ भित्र हस्तलिखितलाई विस्थापित गर्न आवश्यक छ । त्यसको लागि एक बर्षमा २० लाख राहदानी बनाउन पर्नेछ यो अवस्थामा त्यति सहज भने देखिएको छैन । विभागको निर्देशक खनालले यो समस्या समाधान गर्नेगरी कामहरु अघि बढेको बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

कोई टिप्पणी नहीं: