बुधवार, 20 अगस्त 2014

बाढी पहिरो पीडितलाई सघाउने राष्ट्रसङ्घको प्रतिवद्धता

काठमाडौँ ४ भदौ । काठमाडौं स्थित संयुक्त राष्ट्र सङ्घका आवासीय संयोजक जेमी म्याक गोल्डरिकले नेपालका बाढी पहिरो पीडितलाई सघाउन संयुक्त राष्ट्रसङ्घ प्रतिवद्ध रहेको बताएका छन् । बुधबार एक वक्तव्य प्रकाशित गरी उनले बाढी पहिरोको सङ्कटबाट प्रभावित भएकाहरुको सहयोगका लागि नेपाल सरकारसँग मिलेर राष्ट्र सङ्घलगायत नेपालका विकासका साझेदारहरुले काम गरिरहेको उल्लेख गरे ।
उनले प्रभावित क्षेत्र गैरसरकारी संस्था र सरकारीस्तरबाट सङ्कलन गरिएको बाढी पहिरोबाट प्रभावित परिवारको सङ्ख्या ४३ हजार पुगेको र त्यसमध्ये २१ हजार १९६ जना विस्थापित भएको बताएका छन् ।
राहत तथा उद्धारका कार्यमा सरकारले प्रभावकारी कार्य गरेकामा प्रसंशा गर्दै आगामी एक महिना विस्थापितहरुको पुर्नबास गर्नु चुनौतीपूर्ण भएको भन्दै उनले वक्तव्यमा विपद्को यो घडीमा राष्ट्रसङ्घले सहयोग निरन्तर जारी राख्ने उल्लेख गरे । -रासस

कोई टिप्पणी नहीं: