बुधवार, 17 सितंबर 2014

नक्कली डिभिडी बनाएर बेच्ने ६ पक्राउ

बाँके, आश्विन १ - नन्कली भिडियो र डिभिडी सिडी बनाएर बिक्री गर्ने आरोपमा नेपालगन्जका ६ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सुनिल स्टोरका  धम्बोझीका सुनिल गुप्ता,  नाग स्टोर नेपालगन्जका जयकृष्ण नाग, शिखा कम्प्लेक्सका अमन गुप्ता, नेशनश मोवाईल सेन्टरका ईमरान ईद्रिसी,  कल्पना जनरल स्टोरका सैफु अली र  कारकादो ५ वस्ने बब्लु दर्जीलाई प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न कलाकारा गीत संगित, लेख रचनाहरु एक रुपमा बाट अर्को रुपमा प्रणिरत गरी बिक्री गरेको सुराकी पाएको आधामार छापामारी पक्राउ ग्रिएको हो । उनीहरुलाई नेपाल प्रतिलिपी अधिकार ऐन अन्र्तगत कारबाही गर्ने प्रहरीले जनाउको छ । त्यस्तै प्रहरीले १२ वर्षीया छोरीलाई करणी गर्ने बाबुलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ । कुवेतमा पठाई दिन्छु भनी भारतमा लगी यौन शोषण कार्यमा लगाई २ लाखमा विक्री गरी फरार रहेका कोहलपुर ८ का भिमसिंह दमाईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

कोई टिप्पणी नहीं: