गुरुवार, 18 सितंबर 2014

मन्त्रीमण्डल बिस्तार : अर्जुननरसिंह केसीद्वारा मन्त्री पद अस्विकार

काठमाडौं असोज २ । प्रधानमन्त्री शुसिल कोइराला अमेरिका जानु अघि मन्त्रीमण्डल बिस्तार गर्ने तयारीमा रहेको बेला मन्त्रींण्डलमा पर्ने भनिएका नेपाली काँग्रेसका नेता अर्जुननरसिहं केसीले मन्त्री पद अस्विकार गर्नुभएको केसी निकट श्रोतले बताएकोछ। प्रम कोइराला संयुक्त राष्ट्रसंघीय महासभामा सहभागि हुन अमेरिका जान लाग्नु भएको हो। अर्जुननरसिहं केसीलाई पहिले रक्षा मन्त्रालयको जिम्मेवारी दिने भनिए पनि पछि चित्रलेखा यादवले सम्हाल्दै आउनु भएको शिक्षा मन्त्रालयको जिम्मेवारी दिने बताइएको थियो।यादवको कार्यभार परिवर्तनगरि केसीलाई उक्त मन्त्रालय दिने बताईएको थियो।
केसीले दुवै मन्त्रालयको जिम्मेवारी अस्विकार गर्नु भएको हो। बालुवाटार र काँग्रेसका शिर्ष नेताहरु केसीलाई मनाउन तिर लागेको बताईएको छ। केसीले अहिले आफु मन्त्रीपदकालागि तयार नभएको प्रम कोइरालालाई बताउनु भएको छ। प्रम कोइराला काँग्रेसबाट थपिने तीन मन्त्रीको सुची तयार गर्न लाग्नु भएको छ । उक्त सुचीमा संभावित नामहरुमा दिलेन्द्र बडु, शंसाक कोइराला र आनन्द ढुंगानाको नाममा छलफल भैरहेको श्रोतले बताएको छ। कोइराला काँग्रेसबाट तीन र एमालेबाट दुई मन्त्री थपेर अमेरिका जानुहुने बालुवाटार श्रोतले बताएको छ। मन्त्रिमण्डलमा सहभागि हुन आउने अपेक्षा सहित साना दलका लागि छुट्टयाएर राखिएको ति मन्त्रालयलाई प्रधानमन्त्रीले काँग्रेस र एमालेका लागि दुई दुई वटा वाड्ने तयारी गर्नुभएको छ। साथै प्रधानमन्त्री कोइरालाले प्रधानमन्त्री कार्यालय हेर्ने विनाविभागिय मन्त्री समेत काँग्रेसबाट बनाउन लाग्नु भएको छ। नयाँ मन्त्री थपिएपनि पुराना मन्त्रीहरु भने काँग्रेसले नहटाउने भएको छ। एमालेले दुई मन्त्रीलाई हटाएर नयाँ दुई मन्त्रीलाई थपेपछि काँग्रेसमा पनि केहि मन्त्री हटाउने तयारी रहेको हल्ला भएपनि वालुवाटारले भने यस्तो कुनै तयारी नरहेको प्रष्ट पारेको छ। प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले सरकामा सहभागि कुनै पनि मन्त्रीलाई हटाउने योजनामा प्रधानमन्त्री नरहेको उल्लेख गर्दै मन्त्रीहरुलाई हटाउने कुरा मिथ्या प्रचार मात्र भएको बताउनुभएको छ। अधिकारीले थप्नुभयो ‘प्रधानमन्त्री नयाँ मन्त्री थप्ने योजनामा भएपनि पुराना हटाउने तर्फ कुनै सोचमा हुनुहुन्न।’  

कोई टिप्पणी नहीं: