बुधवार, 17 सितंबर 2014

नवलपरासी दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो

नवलपरासी, आश्विन १ - महेन्द्रराजमार्ग अन्तरगत नवलपरासीको बासामा एम्बुलेन्स, बस र मोटरसाईकल ठोक्किंदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । ती मध्ये ६ जना महिला रहेका छन् । घटनास्थलमा ४ जना र उपचारको क्रममा थप ३ जना गरी ७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरीले जानकारी गराएको छ । अन्य २  जानको अबस्था गम्भीर रहेको जिल्ला ट्राफिकका इन्चार्ज सूर्यकुमार श्रेष्ठले जाकारी दिए ।  अनुसार अन्य १६ घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा रुपन्देहीका छोटकी रामनगरका ३५ वर्षीय सायर मिश्र, त्यहिंकी फुलेश्वरीको मृत्यु भएको हो । अन्यको सनाखत भएको छैन ।
सुनौलीवाट काठमाडौं जाँदै गरेको बा ५ ख २१८३ नम्बरको बस , लु १ च ३७३० नम्बरको बर्दघाटबाट बुटवल जाँदै गरेको एम्बुलेन्स र लु ५ प ६४९४ नम्बरको मोटरसाईल महेन्द्र राजमार्ग अन्तरगत बासा भन्ने स्थानमा जुधेका हुन् । मृतकको सनाखत हुन सकेको छैन । एम्बुलेन्स रुपन्देही धक्धहिको रेडक्रसको हो मृतकहरु अधिकांश रुपन्देहीका भएको अनुमान प्रहरीले गरेको छ  । घाइते केहिको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।

कोई टिप्पणी नहीं: