सोमवार, 13 अक्तूबर 2014

एसियाडमा भएको अनियमिताबारे लेखा समितिले खेलकुद मन्त्रीलाई बोलायो

काठमाडौं, असोज २७ – १७ औं एसियाली खेलकुदमा भएको अनियमिताको विषयमा संविधान सभाको लेखा समितिले खेलकुद मन्त्रीसँग सोधपुछ गरेको छ । सोमबार बसेको समितिको बैठकमा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले जवाफ दिएका हुन् । बैठकमा लेखा समितिका सदस्यहरु खेलाडी छनौटमा छनौट कमिटीले गरेको अनियमितता, आवश्कताभन्दा बढी प्रतिनिधि पठाएको लगायतका विषयमा खेलकुद मन्त्रीबाट जवाफ मागेका थिए ।
Public Account Committee Meeting छनौट कमिटीले अनियमितता गरेको भन्दै लेखा समितिमा उजुरी परेको छ ।त्यस्तै, खेलाडीको नाममा एसियाडमा अनावश्यक व्यक्तिहरुलाई समेत पठाइएको भन्दै कुरा उठेको थियो । एसियाडमा ५ जना सभासद्सहित सशस्त्र प्रहरीका उच्च अधिकारी लगायत अनावश्यक प्रतिनिधिहरुलाई पठाइएको भन्दै खेलकुद मन्त्रीसँग जवाफ माग गरेको थियो ।
 एसियाली खेलकुदमा आधिकारिकरुपमा ३१४ जनाले भाग लिए पनि मन्त्रालयमा ३६२ जनाको बिल पेस गरिएको छ । यस विषयमा खेलकुद मन्त्रीले समितिलाई नै ढाँटेको भन्दै तीव्र आलोचना भएको छ । संसदको गरिमा माथिनै प्रश्न उठ्ने गरी लेखा समितिलाई ढाँटेको लेखा समिति सदस्य तथा सभासद् धन बहादुर गुरुङले आपत्ति जनाएका थिए । छनौट कमिटीमा नपरेपछि केही खेलाडीहरुले बाहिरबाटै एसियाली खेलकुदमा भाग लिएका थिए । जसमा एकमात्र पदक विजेता विमला तामाङसमेत रहेकी छिन् । उनलाई आफ्नै प्रशिक्षकले मोटरबाइक धरौटीमा राखेर एसियाली खेलकुदमा सहभागी गराउन छुट्टै पठाएका थिए । छनौट कमिटीले राम्रा र पदक जित्न सक्ने खेलाडीलाई बेवास्ता गरिएको र नातावाद, कृपावाद र राजनैतिक आस्थाका आधारमा खेलाडीहरु छनौट गरिउको अरोप लगाइएको छ । त्यस्तै, लेखा समतिले एन्फाको वैकल्पिक कमिटी बनाएर भने पनि गणेश थापा नेतृत्वको एन्फा कमिटीलाई कारवाही गर्न निर्देशन दिएको छ ।

कोई टिप्पणी नहीं: