सोमवार, 20 अक्तूबर 2014

गणेश थापालाई निलम्वन गर्ने खेलकुद मन्त्रीको तयारी

३ कात्तिक, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापा सहितका केही पदाधिकारीलाई आजै निलम्बनको तयारी गरेको छ । खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले सार्वजनिक लेखा समितिका सभापति जनार्दन शर्मालाई यसको जानकारी गराएका हुन् । एन्फा अध्यक्ष थापा सहित बरिष्ठ पदाधिकारीहरु विराटजंग शाह, धीरेन्द्र प्रधान, ललितकृष्ण श्रेष्ठ समेतलाई आर्थिक अनियमित ताको आशंकामा लेखा समितिले निलम्बन गर्न निर्देशन दिएको थियो । तीन दिनभित्र लिनम्बन गर्न दिइएको निर्देशन पालना नभएको भन्दै समितिको सोमवारको बैठकमा केही सभासदले कुरा उठाएपछि सभापति शर्माले खेलकुद मन्त्रीले थापालाई आजै निलम्बन गर्न लागेको जानकारी दिएका हुन् । थापाले भने आफूमाथि लागेका आरोप निराधार रहेको भन्दै लेखा समितिका केही सभासदहरुले पुर्वाग्रही भएर आफूलाईं सिध्याउन खोजेको भन्दै लेखाको निर्णय नमान्ने चेतावनी दिएका छन् । थापाले आफूमाथि कारवाही भए नेपाली फुटवलमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध लाग्ने चेतावनी दिएका छन् । थापाले फिफा गुहारेर नेपाली फुटबलमाथि प्रतिबन्धको चेतावनी दिलाउन लागेको स्रोतले जनाएको छ । फिफा अध्यक्ष सेप ब्लाटरसँग थापाको व्यक्तिगत सम्बन्ध छ ।  

कोई टिप्पणी नहीं: