गुरुवार, 23 अक्तूबर 2014

उत्सवमा सरकारविरुद्ध समाज

काठमाडौं, कार्तिक ६ - झिलिमिली बत्ती, देउसी/भैलो र आतिशबाजी तिहारका प्रमुख विशेषता-तिनै कुरालाई निषेध गर्न सरकारी निकाय लागि परेका छन । विद्युत प्राधिकरणले उत्सव बत्तीका साथै बढी बिजुली खपत हुने कुनैपनि उपकरण नचलाउनु भनेको छ । सुरुमा ७ बजेपछि  देउसी/भैलो खेल्न निषेध गरेको गृह मन्त्रालयले विरोधपछि थप २ घण्टाको छुट दिएको छ,  आतिशबाजीका सामग्री त जफत भैरहेकै छ ।
'पर्व मनाउने तौरतरिका परिवर्तन हुँदै गएको अवस्थामा सरकारपनि समाजअनुरुप परिवर्तित हुनपर्ने हो,' मानवशास्त्री सुरेश ढकाल भन्छन्, 'तर उ पुरानै ढर्रामा छ, उन्मुक्त भएर उत्सव मनाउने कार्यमा भाँजो हाल्न खोज्छ ।' विद्युत प्राधिकरणले तिहारभरि उत्सव बत्तीमात्र हैन फि्रज, राइसकुकर, आइरन, एसीलगायत प्रयोग नगर्नु भन्दै गरे कारबाहीको चेतावनी दियो । 'तिहारको शुभअवसरमा प्राधिकरणको प्रणालीबाट पसल, मल, घर, सडक लगायतमा उत्सव बत्ती लगायत उच्च विद्युत खपत हुने उपकरणहरु -फि्रज, राइसकुकर, आइरन, एसी आदि) ५ देखि ८ गतेसम्म ५ देखि १० बजेसम्म प्रयोग नगर्नका लागि यो सूचना प्रकाशित गरिएको छ,' सूचनामा भनिएको छ, 'अन्यथा ति उपभोक्ताहरुको विद्युत सम्पर्क विच्छेद हुनेसमेत जानकारी गराइन्छ । यस कार्यमा सम्बन्धित सबै निकायबाट सहयोगको अपेक्षा गरिएको छ ।'
उर्जा संकट छ, बिजुलीको खपत हुने पर्वमा प्राधिकरणले कम बिजुली प्रयोग गर्न अनुरोध गर्नु स्वभाविक हुन्छ । 'तर यसरी उर्दी जारी गरेको सुहाएन,' समाज विश्लेषक सञ्जिव पोखरेल, 'पैसा तिरेको बिजुली प्रयोग गरिस भने लाइन काट्छु भन्नु त दादागिरी भयो ।' बिजुलीको संकट, प्राधिकरणलाई व्यवस्थापन गर्न अप्ठ्यारो छ भने उसले नागरिकलाई मैनबत्ती/पालालगायतका परम्परागत बत्ती प्रयोग गर्न प्रोत्साहित गर्नपर्ने ढकाल बताउछन् ।
  यस्तै गैरजिम्मेवार र उर्दी शैली देउसी/भैलो जस्तो तिहारको अभिन्न पाटो देउसी/भैलोप्रति देखाइयो । गृहले ७ बजेपछि -पछि ९ बजेसम्म छुट दिइएको ) देउसी/भैलो खेल्न रोक लगायो । 'रातको समयमा देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिले शान्ति सुरक्षामा प्रतिकूल असर पुर्‍याउन सक्ने हुदा सुरक्षालाई दृष्टिगत गरी देउसी भैलो लगायतका सांस्कृति कार्यक्रम बेलुकी ७ बजेसम्म मात्र गर्न अनुरोध छ,' गृहको सूचनामा भनिएको थियो । सरकार सांस्कृति संवेदनशीलता बुझ्नै नखोजी हामीले भनेपछि मान्नैपर्छ भन्ने तरिकाले पेश भएको पोखरेल बताउँछन् । 'शान्ति सुव्यवस्था कायम गर्नु सरकारको जिम्मेवारी हो,' उनी थप्छन्, 'तर यो उर्दी जारी गरेर पाइने हैन, जनताको विश्वास जित्नपर्छ ।' सरकार जनतासँग कसरी संवाद गर्ने भन्ने कुरामा पुरा लापरवाह देखियो । पोखरेल समाज अनुरुप सरकारी निकायमा परिवर्तित हुन नसकेको बताउँछन् । देउसी/भैलोले सुरक्षामा गम्भीर चुनौती दिएको पनि छैन तैपनि सरकार यसैमा संवेदनशीलता देखाइरहेका छन् । प्रहरी प्रधान कार्यालयसम्बद्ध श्रोतअनुसार गृहले देउसी/भैलोले शान्ति सुरक्षामा दिनसक्ने चुनौती बारे कुनै सल्लाह गरेकै छैन । '७ बजेपछि खेल्न नपाउने भन्दापनि सोधिएको थिएन,' श्रोतले भन्यो, '९ बजेसम्म छुटमा पनि सोधिएन ।' यसरी नागरिकको पर्व मनाउने अधिकार कुण्ठित गर्दा पुलिस यसै अलोकपि्रय हुने वरिष्ट प्रहरी अधिकारीले बताए ।  
गृह प्रवक्ता यादव कोइराला जनताकै अनुरोधमा देउसी/भैलो ७ बजेपछि नखेल्न भनिएको जिकिर गर्छन । उनका अनुसार काठमाडौंका स्थायी वासिन्दाको तर्फबाट राति देउसी/भैलो खेल्दा डिस्टर्व हुने, मदिरा सेवन गरी हुलहुज्जत गर्ने गुनासो आएपछि उक्त सूचना जारी गरिएको थियो । 'तर तिहार चाँडै परेको र ७ बजे उज्यालै हुने भएकाले केही छुट दिन अनुरोध आएकाले ९ बजेसम्म छुट दिइयो,' उनी भन्छन् । मानवशास्त्री ढकाल वर्षमा एकचोटी खेलिने देउसी/भैलोमा पाबन्दीनै अनुचित हो भन्छन् । 'कसैले देउसी/भैलो खेल्ने क्रममा हुलहुज्जत, अधिक मदिरा सेवन गरे समातेर जाक्ने अधिकार छँदैछ,' उनी थप्छन्, 'अनि त्यस्तालाई दण्डित गर्ने कि सबैलाई सांस्कृति गतिविधि गर्न रोक लगाउने ।'
यस्तै गृहले तिहार र छठमा पटाकालगायतका आतिशबाजीका सामग्री प्रयोग नगर्न सचेत गराउदै गरे कारबाही गर्ने भन्ने गरेकै छ । 'यस्ता पदार्थको प्रयोगबाट जनताको स्वास्थ्यमा प्रतिकूल असर पर्नजाने चोटपटक लाग्ने तथा आगलागी भै जनधनको क्षती हुनसक्ने भएकाले विष्फोटक पदार्थ्ाको आयातनिर्यात ,विक्रीवितरण,परिवहनतथा प्रयोग नगर्न तथा आफना बालबच्चालाई यस््ता प्रज्जवलनशील पदार्थ प्रयोग गर्न नदिन अनुरोध छ' सूचनाको बेहोरा छ । महानगरीय प्रहरी आयुक्त विज्ञानराज शर्मा सरकारको आदेशअनुसार आतिशबाजीका सबै सामग्रीको ओसारपसार, प्रयोगमा कडाई गरिएको छ । जेसुकै फेलापरेपनि जफत गर्ने आदेश दिइएको छ । मानवशास्त्री सुरेश ढकाल आतिशबाजीको चलन विश्वव्यापी भैसकेको र यहाँपनि संस्कृतिकै रुपमा स्थापित भइसकेकाले सरकारले त्यसलाई स्वीकार्न पर्ने बताउँछन् । सरकारले बरु यसको प्रयोगमा नियमन कसरी गर्ने भन्नेमा तयारी थाल्न सुझाव दिन्छन् । आतिशबाजीमा सरकारले अब सम्भावित दूर्घटना र हानी न्युनिकरण गर्नमा जोड दिनपर्ने बताउछन । अतिरिक्त महानिरीक्षक शर्मा प्रहरी आदेश कार्यान्वयन गर्ने निकाय भएकाले आतिशबाजीको प्रयोगका बारे सरकारले नै समीक्षा गर्नपर्ने बताउछन ।'हामीले त आदेश आएपछि उचित अनुचित छुट्योन कुरा हुन्न,' उनी भन्छन् ।  

कोई टिप्पणी नहीं: