सोमवार, 13 अक्तूबर 2014

कांग्रेस सभासद्ले निकालेको भ्रष्ट मन्त्रीको सूचीमा को को ?

काठमाडौं असोज २७ – कांग्रेस संसदीय दलको असोज २५ गतेको बैठकमा नेतृ सुजाता कोइरालाले सुशील कोइराला नेतृत्वको सरकार इतिहासकै सबैभन्दा भ्रष्ट मन्त्रीहरुको सरकार हो भनिन् । सुजाताले यसो भन्नुमा कांग्रेसका धेरै सभासद्हरुको दवाव पनि थियो । स्रोतका अनुसार कांग्रेस सभासद्हरुले भ्रष्ट कांग्रेसी मन्त्रीहरुको नामलिस्ट समेत उतारेका थिए । सुजाताले सुशील कोइराला नेतृत्वको सरकारलाई इतिहासकै सबैभन्दा भ्रष्ट सरकार भनेपछि कांग्रेस वृतमा खैलाबैला मच्चिएको छ । स्रोतका अनुसार सुजाताको आरोपले कोइराला अप्ट्यारोमा परेका छन् । कांग्रेस सभासद्हरुले जनता र कार्यकर्ताको काम नगर्ने र करोडौं भ्रटाचार गरेको मन्त्रीहरुको नामलिस्ट उतारेको बताउँदै आवश्यक परे प्रधानमन्त्री र अन्य नेताहरुलाई पनि बुझाउने बताएका थिए । कांग्रेस सभासद्हरुले भ्रष्टाचारी मन्त्रीको एक नम्बरमा अर्थमन्त्री डा. रामशरण महतलाई राखेका छन् । महतले मन्त्रालयका सरुवा तथा पदस्थापनमा समेत कर्मचारीहरुको सेटिङ मिलाएर करोडौं रकम असूलेको आरोप सभासद्हरुले लगाएका छन् । भ्रष्टाचारीको दोस्रो नम्बरमा भौतिक पुर्वाधार मन्त्री विमलेन्द्र निधी रहेको कांग्रेस सभासद्हरुको लिष्टमा उल्लेख छ । आजको साँघु साप्ताहिक खबरको अगाडि लेख्छ–साँघुलाई एक सभासद्ले पठाएको लिस्टमा मन्त्री निधीले मन्त्री भएपछिको यो अवधिमा करिव एक अर्बभन्दा बढी नगद नै कमाइसकेको दाबी गरिएको छ । त्यस्तै स्थानीय विकास मन्त्री प्रकाशमान सिंह र सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजाल पनि भ्रष्ट मन्त्रीको मथिल्लो सूचीमा रहेको कांग्रेस सभासद्हरुले जनाएका छन् । यी मन्त्रीले ठेक्कापट्टा,नियुक्ती,सरुवा लगायतका काममा पैसा असूल गरेका प्रमाणसमेत कतिपय सभासद्ले संकलन गरेका छन् । त्यस्तै शिक्षामन्त्री चित्रलेखा यादबका श्रीमानले  पैसा उठाएको आरोप लागेको छ भने शान्ति तथा पुननिर्माण र कानुनमन्त्री नरहरी आचार्यकी श्रीमतीले न्यायधीश नियुत्तिमा ४ करोड कुम्ल्याएको आरोप समेत लागेको छ । वनमन्त्री महेश आचार्य,सिंचाई मन्त्री एनपी साउद पनि भ्रष्ट मन्त्रीको सूचीमा परेका छन् । 

कोई टिप्पणी नहीं: