गुरुवार, 23 अक्तूबर 2014

क्यानडाको संसद भवन भित्रै गोली चल्यो

बन्दूकधारीसहित २ जनाको मृत्यु, प्रधानमन्त्री सुरक्षित
६ कात्तिक, काठमाडौं । क्यानडाको राजधानी ओटावास्थित संसद भवन भित्रै गोली चल्दा दुई जनाको मृत्यु भएको छ । मारिनेमा एकजना सुरक्षाकर्मी र एकजना गोली चलाउने व्यक्ति रहेका छन् । संसद भवन भित्र प्रधानमन्त्री स्टीफन हार्पर समेतको सहभागीतामा बैठक बसिरहेको थियो । एक्कासी गोली चल्न थालेपछि सुरक्षाकर्मीले प्रधानमन्त्रीे हार्पर र सांसदहरुलाईसुरक्षित बाहिर निकालेका थिए ।
canada_shootingघाइतेहरुलाई बाहिर निकाल्दै सुरक्षाकर्मी । तस्विर : एजेन्सी
अधिकारीहरुका अनुसार क्यानडाको वार मेमोरियलमा तैनाथ एक सुरक्षाकर्मीलाई गोली हानेर माइकल जिहाफ बेब्यू नामका बन्दूकधारी संसद भवन भित्र छिर्न सफल भएका थिए । त्यसपछि सुरक्षाकर्मीसँग गोली हानाहान भएको थियो । ति बन्दूकधारी बाहेक संसद भवन भित्र अरु कोहि नमारिएको क्यानडाका अधिकारीहरुले जानकारी दिएका छन् । आक्रमणबाट केही व्यक्ति घाइते भएका छन् । आक्रमणको निन्दा क्यानडाका प्रधानमन्त्री स्टीफन हार्परले हमला घृणित भएको भन्दै निन्दा गर्नुभएको छ । यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्वीट गर्दै आक्रमण चिन्ताजनक भएको भन्दै सबैको कुशलताको प्रार्थना गर्नुभएको छ । ति आक्रमणकारी पहिलेदेखि नै संदिग्ध व्यक्ति हुन् । उनको पासपोर्ट प्रहरीले यसअघि नै जफत गरेको थियो । उनको साथमा अरु पनि सहयोगी रहेको अनुमानमा क्यानडाका अधिकारीहरुले अनुसन्धान शुरु गरेका छन् । राजधानीमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।  

कोई टिप्पणी नहीं: