सोमवार, 13 अक्तूबर 2014

बामदेवको जवाफ चित्त बुझ्दो नभएको भन्दै प्रतिपक्षी दलद्वारा संसद अवरुद्ध

काठमाडौं, असोज २७ – सुरक्षाकर्मीले शनिबार बारा जिल्लामा आत्मरक्षाका निम्ति बाध्य भएर गोली चलाउँदा एकजना आन्दोलनकारीको मृत्यु भएको भन्दै दिएको स्पष्टिकरणमा चित्त नबुझेको भन्दै प्रतिपक्षी दलले आजको संसद अवरुद्ध गरेको छ ।
ca-members-2आइतबार बसेको व्यवस्थापिका–संसदको बैठकमा बारा घटनाबारे उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले घटनाको छानबिन गर्न सरकारले चाँडै समिति गठन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । गत शनिबार सिम्रौनगढ–कलैया सडकखण्ड मर्मतको माग गर्दै स्थानीय बासिन्दाले गरेको विरोध प्रदर्शन नियन्त्रण बाहिर गएपछि सुरक्षाकर्मीबाट चलाइएको गोलीबाट हरिहरपुरका अन्दाजी ३५ वर्षीय जयनारायण पटेलको मृत्यु भएको अर्का एकजना गम्भीर घाइते भएका र उनको काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले रातोपाटीसँग कुरा गर्दै सरकारले चित्त बुझ्दो जवाफ दिनुपर्ने र मृतक पटेललाई सहिद घोषणा नगरेसम्म तथा पिडितलाई उचित क्षतीपूर्ती नदिएसम्म संसद अवरुद्ध गरिरहने  चेतावनी दिएका छन् ।

कोई टिप्पणी नहीं: