बुधवार, 29 अक्तूबर 2014

दलीय आडमा स्याङ्जामा गुण्डाराज

स्याङ्गजा, कार्तिक १२  – विपीको अहिंसाको सिद्धान्त अपनाउने नेपाली कांग्रेसका कार्यकर्ता हतियारसहित विभिन्न चरणमा पक्राउ पर्दै आएका छन् । पछिल्लो समय तिहारको समयमा जुवाखालबाट पेस्तोल सहित नेपाली कांग्रेस भातृ संगठन तरुण दलका ठुलाडिही स्याङ्ग्जाका सभापति डम्बर बहादुर मल्ल पक्राउ परे । मल्ल पक्राउ परेपछि स्याङजामा अवैद्य रुपमा पेस्तोल राखेर गुण्डागर्दीमा संलग्न कति होलान् भन्ने विषयले चर्चाले सगरमाथा चुमेको छ । गत कात्तिक ६ गते पुतलीबजार नगरपालिका वडा नं ३ ढडुवास्थित दिपक गौतमको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले छापा हान्दा कटुवा पेस्तोल सहित तरुण दल सभापति मल्ल पक्राउ परेका थिए । उनीसंगै प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएको थियो । जुवाको खालमा पेस्तोल राखेर जुवा खेल्नुको कारण के थियो, हतियार कहाँबाट आयो प्रहरीले अनुसन्धान गरिरहेको छ । तर स्थानिय कांग्रेसका नेताले अवैध रुपमा पेस्तोल राख्नुको रहस्य पनि अझै खुलाउन सकेका छैनन् ।
 आफ्ना स्थानिय कार्यकर्ता हतियार सहित पक्राउ परेपछि स्याङजाका कांग्रेसका नेताहरु हैरान त भएका छन् नै उनलाई कसरी छुटाउने भन्ने विषयमा अग्रसर समेत हुन थालेका छन् । उनलाई छुटाउनका लागि राजधानीबाट हाइलेभलबाट प्रहरीलाई प्रेसर गइरहेको स्रोत बताउँछ ।
यता डिएसपी बुद्धी गुरुङ्ग भने कसैको धम्कीबाट नडराउने भन्दै मुद्दा दर्ताको तयारीमा रहेको बताउँछन् । पछिल्लो समय नेपाली कांग्रेस स्याङजाले आफ्नो युवा दस्ताको रुपमा रहेको तरुण दलको पुर्नगठनलाई तीव्र बनाएको छ । पेस्तोल सहित पक्राउ परेका मल्ल केहि समय अघि मात्र तरुण दलका ठुलाडिहीका सभापति भएका थिए । सभापति भएको केहि समय बित्न नपाउँदै उनि पेस्तोलसहित पक्राउ परेको कुरालाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

raju thapa सभासद् आफै गर्छन् ठेक्कापट्टा, गुण्डा परिचालन
स्याङ्जामा कांग्रेस निकटका स्थानीय नेताहरुनै ठेक्का पट्टामा संलग्न छन् जसले युवाहरुलाई गुण्डागर्दिमा संलग्न गराउन प्रेरित गरिरहेका छन् । हुनत हालै सम्पन्न संविधानसभाको निर्वाचनमा स्याङजा क्षेत्र नं १ का सभासद राजु थापा पहिले ठेक्कापट्टामा संलग्न थिए । अहिले उनि सभासद भइसकेपछि उनको मातहतमा गुण्डाहरुको परिचालन हुने गरेको स्थानिय बताउाछन् । सभासद् भैसकेपछि पनि उनको आफ्नो पुरानो पेशा ठेक्कापट्टालाई जारी नै राखेका छन् तर त्यसमा उनको प्रत्यक्ष संलग्नता भने देखिदैन ।
 थापा सभासद हुनु पूर्व स्याङजाका अधिकांश ठेक्कापट्टा उनकै हातमा पथ्र्यो । उनले ठुलै संख्यामा युवाहरु परिचालन गरेर धम्क्याउंदै ठेक्कापट्टा आफ्नो हातमा पार्ने गर्दथे । सभासद राजु थापा त्यहि कारण पनि अधिकांश समय पोखरा र स्याङजामा बिताउंछन् । केहि समय अघि प्रहरीले गुण्डा संरक्षण गरेर व्यवसाय संचालन गरेको भन्दै सभासद कांग्रेसका नेताहरुको लिष्ट तयार पारेको थियो । त्यसमा सभासद राजु थापाको नाम समेत रहेको थियो । सभासद् राजु थापासंगै ठेक्कापट्टामा वार पर्ने अर्का ठेकेदार इन्द्र बहादुर सिंह अहिले राजु थापाकै निकटमा बसेर काम गर्छन् । कुनै समय एउटा ठेक्कामा इन्द्र सिंह र राजु थापाबिच भिडन्त समेत भएको थियो ।
 इन्द्रको भन्दा बलियो पकड पारेर बसेका राजु थापाले उनलाई स्याङजाबाट खेदेरै निकाले । तर अहिले कांग्रेसका सक्रिय कार्यकर्ता बनेका इन्द्र सिंहलाई आफ्नो ठेक्कापट्टाको काम गर्न निकै सहज भएको छ । इन्द्र सिंह विभिन्न समयमा ठगि मुद्धामा समेत परेका व्यक्ति हुन् । स्थानिय व्यक्तिहरुलाई विदेश पठाइदिने भन्दै रकम असुलि गरि फरार भएका इन्द्र अहिले पौवैगौडे स्थित चौर भन्ने स्थानमा घर बनाएर बसेका छन् । तरुण दलका पनि सदस्य रहेको इन्द्र सिङको गुण्दागर्दी स्याङजा १ मा कांग्रेसका तर्फबाट सभासद बनेका राजु थापाका कारण थप मौलाएको छ ।
 चुनावको समयमा समेत उनी थापाको प्रचारप्रसारमा उग्र रुपमा लागेका थिए । स्थानिय जनतासंग धम्कीको भाषा प्रयोग गर्ने,चुनावको समयमा अन्य राजनीतिक दलको प्रचार समाग्रि च्यात्न युवाहरु परिचालन गर्ने लगायतको काममा सक्रिय भएका थिए । पछिल्लो समय ठुलाडिहीस्थित जनता उच्च माविमा प्रअ नियुक्तिमा विवादका कारण विद्यार्थि र अभिभावकले आन्दोलन गर्दा विद्यार्थीलाई धम्क्याउने लगायतका गुण्दागर्दि शैलिमा प्रस्तुत भएका थिए ।
यस अघि नेविसंघ शंकर देवका सभापति शुभराम बस्नेत २ पटक सम्म हतियार सहित पक्राउ परेका थिए ।

कोई टिप्पणी नहीं: