सोमवार, 20 अक्तूबर 2014

पेट्रोल, डिजेल र मटि्टतेलको मूल्य घट्यो

 कात्तिक ३ काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आइतबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मटि्टतेलको मूल्य घटाएको हो । पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ५९ पैसा तथा डिजेल र मटि्टतेलमा दुई रुपैयाँ ६ पैसा मूल्य घटाइएको निगमले जनाएको छ । अब पेट्रोलको प्रतिलिटर १३० रुपैयाँ ४७ पैसा पर्छ भने डिजेल र मटि्टतेलको १०३ रुपैयाँ १७ मूल्य कायम भएको छ । असोज १३ गते स्वचालित मूल्य प्रणाली लागू भएपछि दोस्रो पटक पेट्रोलियम पदार्थको मूल्य घटेको हो । आयल निगमले पछिल्लो समय खाना पकाउने एलपी ग्यासमा मात्र घाटा व्यहोर्दै आएको छ । यसमा घरेलु र व्यवसायिक प्रयोजनका दुई रंगको सिलिण्डर प्रयोग गर्ने भनिए पनि कार्यान्वयन भएको छैन् । 

कोई टिप्पणी नहीं: